नवलपुर । धनलक्ष्मी बचत तथा ऋण सहकारीको ४ वर्षीय रणनीतिक तथा व्यावसायिक योजना तर्जुमा गोष्ठी गैंडाकोटको रेड हाउस रिसोर्टमा आइतबार समापन गरिएको छ। दुई दिन सम्म चलेको सो कार्यक्रममा सहकारीकर्मी हरिलाल सापकोटा र गोविन्द रिमालले प्रशिक्षण दिनुभएको थियो ।

संस्थाका सन्चालक, लेखा तथा सुपरिवेक्षण समितिका पदाधिकारी, उपसमिति र कर्मचारीहरू गरि १५जनाको सहभागिता रहेको कार्यक्रमले आगामी ४ वर्षमा ५१०० शेयर सदस्य पुर्याई १० करोड शेयर पुँजी पुर्‍याउने लक्ष्य लिएको छ ।

समापन कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष श्यामकृष्ण श्रेष्ठले नारायणगढमा एक स्थापित संस्थाको स्थानमा पुर्याइने लक्ष्य रहेको बताउनुभयो । कार्यक्रममा प्रशिक्षकहरूको तर्फबाट गोविन्द रिमालले मन्तव्य राख्दै निर्धारित लक्ष्य हासिल गर्न आग्रह गर्नुभयो । सो कार्यक्रमको सहजीकरण संस्थाका सचिव रामप्रसाद पुडासैनीले गर्नुभएको थियो

तपाईको प्रतिक्रिया