नवलपुर । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा नवलपुर क्षेत्र नं. १ बाट क्षेत्रीय सहसचिव पदका उमेदवार तेजप्रसाद घिमिरेले पार्टि संगठनलाई बलियो बनाउनकै लागि आफ्नो उमेदवारी रहेको बताउनु भएको छ ।
पार्टि भित्र युवाहरुको उपस्थितिलाई थप सकृय बनाउन र विपीले परिकल्पना गरेको राष्ट निर्माण गर्नका निमित्त समेत आफ्नो उमेदवारी रहेको उहाँले बताउनु भयो ।
क्षेत्र नं. १ का ५२ वटै वडाका झण्डै १२०० प्रतिनिधिहरु माझ आफु भिजेको भन्दै युवा नेता घिमिरेले सबैको साथ र सहयोगले आफुले क्षेत्रीय सहसचिव पदमा विजयी हुने विश्वास व्यक्त गर्नुभयो ।
उज्यालो खबरसँग कुरागर्दै युवा नेता घिमिरेले नेपाल तरुण दलको जिल्ला सहसचिवका साथै नेपाली काग्रेस गैँडाकोट नगरको सूचना तथा सञ्चार विभागमा रहेर काम गर्नुभएका घिमिरेले आफ्नो मुख्य उदेश्यनै पार्टि निर्माण भएकोले सवैको साथ र सहयोग पाउनेमा ढुक्क रहेको बताउनु भयो ।

 

 

तपाईको प्रतिक्रिया