×

गैँडाकोट । चौधौं महाधिवेशनका अन्तर्गत नेपाली कांग्रेस गैँडाकोटको सभापतिका लागि मुख्यतः तीनजना विच प्रतिष्पर्धा हुने देखिएको छ । नेपाली काग्रेसका युवा नेता बद्री सापकोटा, खेमराज सापकोटा र खगराज सापकोटा विच खास प्रतिष्पर्धा हुने देखिएको हो ।

अर्का युवा नेता दाताराम घिमिरेले पनि सभापति पदमा उमेदवारी दिने बताएपनि हालसम्म खुलेर प्रचार गरेको पाइएको छैन । घिमिरे बाहेकका अन्य तीनजना बद्री सापकोटा, खेमराज सापकोटा र खगराज सापकोटाले आफुुलेनै सभापतिको बाजी मार्ने बताएका छन् । सभापति पदका तीन उमेदवारहरुले समाजिक सञ्जाल मार्फत मत माग्ने र आफ्ना प्रतिवद्धताहरु समेत सार्वजनिक गरेका छन् ।

नेपाली काग्रेसका क्षेत्रीय प्रतिनिधि तथा प्रशिक्षण विभाग सदस्य बद्री सापकोटाले पार्टि संगठनलाई बलियो बनाउन आफुले उमेदवारी दिने बताए । गैँडाकोटमा पार्टिलाई बलियो बनाउन मेरो शतप्रतिशत उमेदवारी रहन्छ उनले भनेः कांग्रेस माथि भैरहेको प्रहारलाई रोक्नको लागि मेरो उमेदवारी हुनेछ । विस. २०५० सालदेखि पार्टिका विभिन्न जिम्मेबारीमा रहेर काम गरेका सापकोटा नेविसंघको राजनीतिमा बढी सकृय थिए । काग्रेस भित्र अध्ययनशील मानिने उनि युवाहरुमाझ लोकप्रीय नेताको रुपमा चिनिन्छन् ।

नगर सभापतिको पदका लागि खेमराज सापकोटाले पनि सभापति पदका लागि भन्दै प्रचारप्रसार तिव्र पारेका छन् । जिपी कोईराला फाउण्डेसनको जिल्ला सदस्य तथा पार्टिको प्रशिक्षण विभागका सदस्य रहेका सापकोटाले अग्रजहरुलाई सम्मान गर्दै पार्टिको धरातललाई बलियो बनाउन आफुले सभापति पदमा उमेदवारी दिने बताए । उनले पनि लामो समय नेविसंघको राजनीति गरेका थिए ।

अर्का नेता खगराज सापकोटा पनि नगरको सभापति पदमा आफुले नै बाजी मार्ने बताएका छन् । नेपाल तरुण दल गैँडाकोट गाविस र गैँडाकोट नगरपालिकाको सभापति भएर काम गरेका सापकोटा कुनै पनि हालतमा ब्याक हुने मनसायमा छैनन् । आफु कुनैपनि गुटमा नरहेको भन्दै पार्टिलाई बलियो बनाउन र सबैको भावनालाई समेटेर अगाडी बढ्न आफुले एकपटक नेतृत्व लिन लागेको बताए । वि.स २०४६ सालदेखि नै राजनितिमा सकृय भै लागेको भन्दै उनले नगरका कांग्रेसजनहरुले आफुलाई नै रोजेको उज्यालो खबरलाई बताए । राजनिति देश सञ्चालन गर्ने माध्यम भएको भन्दै सापकोटाले युवाहरुको काधमा अवको जिम्मेवारी आएको उनको भनाई छ ।

असोज ९ गतेका लागि तय भएको नगरको महाधिवेशन विभिन्न जिल्लामा भएको कांग्रेस भित्रकै किचलोका कारण केहि समय पर धकेलिने निश्चित छ । गैँडाकोट नगरपालिकामा नगरसभापति पदका लागि झण्डै ४८५ जना क्षेत्रीय प्रतिनिधिहरुले मतदान गर्ने कांग्रेसले जनाएको छ ।

 

 

तपाईको प्रतिक्रिया