गैँडाकोट । नेपाली कांग्रेस गैँडाकोटका युवा नेता कृष्ण मुरारी खनालले १४ औं महाधिवेशनमा नगर सचिव पदमा उमेदवारी दिने घोषणा गर्दै प्रचार अभियानलाई तिव्र बनाउनु भएको छ ।गैँडाकोट नगरपालिका वडा नं. ११ का खनालले युवा तथा अग्रजहरुको ईच्छा र आकांक्षालाई पुरा गर्न तथा समकालिन साथीहरुलाई गोलवन्द गर्दै कांग्रेसलाई मजभुत बनाउन आफुले सचिव पदमा उमेदवारी दिने बताउनु भयो ।

राजनितिमा आईरेहका नयाँ पुस्तालाई कांग्रेसप्रति जिम्मेबार बनाउँदै पार्टिलाई चुस्त र दुरुस्त राख्न आफुले सचिव पदमा उमेदवारी दिने निर्णय गरेको हुँ पत्रकारसँग कुरागर्दै खनालले भन्नुभयो : ”मेरो उमेदवारीले पार्टिलाई थप बलियो बनाउन मद्धत गर्नेछ ।” वि.स. २०४८ सालदेखि नेपाल विद्यार्थीसंघबाट राजनिति सुरु गरेका खनाल हालका संघीय सासंद सत्यनारायण खनालका सुपुत्र समेत हुनुहुन्छ ।

नेपाली कांग्रेस गैँडाकोट नगरपालिकाका १८ वटै वडाका समस्याहरु सँग आफु जानकार भएको भन्दै युवा नेता खनालले सचिव पदमा निर्वाचित भएको खण्डमा समस्या समाधानका लागि आफुले ठोस योजनाका साथ काम गर्ने बताउनु भयो ।सहमतिका लागि आवश्यक परे उमेदवारी फिर्ता लिनुहुन्छ भन्ने प्रश्नमा उहाँले घुमाउरो पारामा उमेदवारी फिर्ताको सम्भावना नरहेको प्रष्ट पार्नुभयो । ४८५ जना प्रतिनिधिको मत र मन जितेर आफुले सेवाको भावले राजनिति गर्ने भन्दै उहाँले सबै प्रतिनिधिको मन मत दुवै आफुले पाउने दावी समेत गर्नुभयो ।

हालसम्म सचिव पदमा खनाल सहित गोविन्द घिमिरे र हरेराम सापकोटा र धनिश्वर गाैतमले उमेदवारको रुपमा आफुलाई उभ्याउदै प्रचार अभियानलाई तिव्र पार्नुभएको छ । नेपाली काग्रेसको नगरको अधिवेशन अन्य कारणले तलमाथि नभए यहि असोज ९ गतेका लागि तय गरिएको छ ।

तपाईको प्रतिक्रिया