गैंडाकोट ९ का महिलाले पाउने भए सुत्केरी हुँदा २५०० भत्ता, वडावासीका लागि निःशूल्क फोटोकपी !
गैँडाकाेट । नवलपुरको गैंडाकोट नगरपालिका वडा नंं ९ मा बसोबास गर्ने महिलाहरुले सुत्केरी हुँदा २५०० रुपैँया भत्ता पाउने भएका छन् । वडाभित्र स्थायी बसोबास गर्ने महिला सुत्केरी हुँदा पोषणभत्ता स्वरुप वडा कार्यालयबाट २५०० रुपैँया उपलव्ध गराउने निर्णय भएको नवनिर्वाचित वडाअध्यक्ष धामनाथ सापकोटाले जानकारी दिनुभयो ।
आज बसेको वडा कार्यसमितिको पहिलो बैठकले सरकारी वा निजी जुन अस्पतालमा प्रसुती सेवा लिएको भए पनि सो भत्ता पाउने निर्णय गरेको हो ।यो निर्णय आजबाट नै लागु हुने अध्यक्ष सापकोट...


