गैंडाकोट । गैंडाकोट २ का वडा अध्यक्ष प्रकास सापकोटाले कार्य शुभारम्भ गर्नुभएको छ । सोमवार वडा नं। २ को कार्यालयमा एक समारोहको आयोजना गरि सापकोटाले आफ्नो नियमित कार्यको शुभारम्भ गर्नुभएको हो ।

यसअघि शुक्रबार साँझ उहाँले वडाअध्यक्षका रुपमा पदभार ग्रहण गर्नुभएको थियो । उहाँसँगै वडाका नवनिर्वाचित वडा सदस्यहरुले समेत जिम्मेवारी सम्हाल्नु भएको छ । जसमा वडा सदस्यहरु खगराज आचार्य, काशीराज अर्याल, सीता श्रेष्ठ र सकिला हिलाल परियार रहनुभएको छ ।

तपाईको प्रतिक्रिया