×

नवलपुर विशेष

ठगी गर्दै हिडेका २ जना गैँडाकाेटबाट पक्राउ

ठगी गर्दै हिडेका २ जना गैँडाकाेटबाट पक्राउ
गैंडाकोट । आफुलाई कम्पनिको आधिकारिक प्रतिनिधि बताउँदै ठगि गरिरहेको अवस्थामा गैंडाकोट नगरपालिकाको अमरापुरीबाट दुईजना ठगहरु पक्राउ परेका छन् । गैंडाकोट नगरपालिका वडा नं. १५ अमरापुरी स्थित १६ नंं. चोकमा ठगी धन्दा गर्दै गर्दा रङ्गेहात पक्राउ गरिएको प्रशंसा सप्लायर्स, अमरापुरीका प्रोप्राईटर केदार पौडेलले जानकारी दिनुभएको छ । पक्राउ पर्नेमा ललितपुर स्थित संखु–५ बस्ने भाजुराम थापा मगर र काठमाडौं शेषनारायण–८ बस्ने नवराज पौडेल रहेको अस्थाई प्रहरी पोष्ट गैंडाकोट–ज्ञघ, बेल्डियाले जना...

विश्व धूम्रपानपान रहित दिवसको अवसरमा गैँडाकोटमा विद्यार्थीहरुको र्‍‍याली

विश्व धूम्रपानपान रहित दिवसको अवसरमा गैँडाकोटमा विद्यार्थीहरुको र्‍‍याली
गैँडाकोट । विश्व धूम्रपानपान रहित दिवस २०७९ को अवसरमा नवलपुरको गैँडाकोटमा विद्यार्थीहरुले सचेतनामूलक र्‍‍याली निकालेका छन् । गैँडाकोट नगरपालिका वडा नं. १० भैसाखोरीमा अवस्थित किड्स होम एकेडमीका विद्यार्थीहरुले सचेतनामूलक र्याली निकालेका हुन् । विद्यालय परिसरबाट निकालिएको र्‍‍याली स्कुलचोक हुँदै भेँडाबारी बजारको परिक्रमा गरि पुन : विद्यालयमा आएर समापन भएको विद्यालयका प्राचार्य दल कुमारी थनेतले जानकारी दिनुभयो । कक्षा ४ देखि ८ सम्मका विद्यार्थीहरु र्‍‍यालीमा सहभागी रहेका थिए ...

गैंडाकोट ९ का महिलाले पाउने भए सुत्केरी हुँदा २५०० भत्ता, वडावासीका लागि निःशूल्क फोटोकपी !

गैंडाकोट ९ का महिलाले पाउने भए सुत्केरी हुँदा २५०० भत्ता, वडावासीका लागि निःशूल्क फोटोकपी !
गैँडाकाेट । नवलपुरको गैंडाकोट नगरपालिका वडा नंं ९ मा बसोबास गर्ने महिलाहरुले सुत्केरी हुँदा २५०० रुपैँया भत्ता पाउने भएका छन् । वडाभित्र स्थायी बसोबास गर्ने महिला सुत्केरी हुँदा पोषणभत्ता स्वरुप वडा कार्यालयबाट २५०० रुपैँया उपलव्ध गराउने निर्णय भएको नवनिर्वाचित वडाअध्यक्ष धामनाथ सापकोटाले जानकारी दिनुभयो । आज बसेको वडा कार्यसमितिको पहिलो बैठकले सरकारी वा निजी जुन अस्पतालमा प्रसुती सेवा लिएको भए पनि सो भत्ता पाउने निर्णय गरेको हो ।यो निर्णय आजबाट नै लागु हुने अध्यक्ष सापकोट...

स्थानीय तह निर्वाचन स्वच्छ र निष्पक्ष हुन नसकेको ओलीको दावी

स्थानीय तह निर्वाचन स्वच्छ र निष्पक्ष हुन नसकेको ओलीको दावी
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचन स्वच्छ र निष्पक्ष हुन नसकेको आरोप लगाएका छन् ।संसदमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै ओलीले सत्ता गठबन्धनले सत्ताको बलमा चुनावमा बुथ क्याप्चर गरेको आरोप लगाए । अध्यक्ष ओलीले १४ दिनसम्म पनि परिणाम आउन नसकेको बताए । उनले अघि भने, ‘आज १४ दिन भयो । परिणाम किन आइरहेको छैन रु निर्वाचन स्वच्छ हुन सकेन । धाँदलीरहित हुन सकेन । सत्ता पक्षले बुथ कब्जा गरेको ठाउँमा प्रहरी निरीह भएर बसेको छ ।’

कांग्रेसको किल्ला नवलपुरकाे बुलिङटारमा उदाएका एमालेका २८ वर्षे दीपेन्द्र

कांग्रेसको किल्ला नवलपुरकाे बुलिङटारमा उदाएका एमालेका २८ वर्षे दीपेन्द्र
नवलपुर । चीनबाट मेकानिकल इन्जिनियरिङमा स्नातकोत्तर गरेपछि २८ वर्षका दीपेन्द्र सुनारी मगर, जन्म गाउँ नवलपुरको बुलिङ्टार फर्किए ।डोजरले जताततै पहाड भत्काउनुबाहेक गाउँको जीवनस्तरमा ठोस परिवर्तन थिएन । उनी गाउँघर चहारे । कोरोना महामारीको समयभरि गाउँमै बसे । त्यसबेला उनले सरकार र जनता बीचको सम्बन्धमा ठूलो खाडल देखे । गाउँमा पानीको अभाव, बिजुलीको समस्या, युवाको विदेश पलायन, आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित हुनुपर्ने अवस्था, आयआर्जनमा समस्या यी यावत कुराहरू देखेपछि दीपेन्द्रलाई छ...

नारायणगढ देखि डन्डा जान १०१ रुपैँया भाडा लाग्ने ,बुटवल पुगेकाे ३३० रुपैया !(भाडादर सबै ठाँउकाे )

नारायणगढ देखि डन्डा जान १०१ रुपैँया भाडा लाग्ने ,बुटवल पुगेकाे ३३० रुपैया !(भाडादर सबै ठाँउकाे )
गैंडाकोट । सरकारले अन्तर प्रदेश सार्वजनिक यातायातका यात्रुबाहक तथा मालवाहक सवारीको भाडादर पुन वृद्धि गरेको छ । बढेको भाडा अनुसार अब नारायणगढदेखी डन्डा बजारसम्म ३६ किलोमिटरको १०१ रुपैयाँ कायम गरिएको छ । त्यस्तै कावासोती बजारदेखी भण्डारासम्म ६२ किलोमिटरको १८१ रुपैयाँ कायम गरिएको छ त्यस्तै नारायणगढदेखि बुटवलसम्म ११४ किलोमिटरको ३३० रुपैयाँ रहेको छ । स्तरीय डिलक्समा भने तोकिएको भाडामा २० प्रतिशत थप लाग्ने जनाईएको छ । यसअघि भाडा बढेको एक सातामै पुन भाडादर वृद्धि भएको हो यात्र...

गैँडाकाेटमा विपि अन्तराष्ट्रिय खेलग्राम स्थापना गर्ने सरकारकाे घाेषणा

गैँडाकाेटमा विपि अन्तराष्ट्रिय खेलग्राम स्थापना गर्ने सरकारकाे घाेषणा
गैँडाकोट । गैँडाकोटमा विपि कोइराला अन्तराष्ट्रिय स्तरको खेलग्राम स्थापना हुने भएको छ । मंगलबार संसदको संयुक्त सदनमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले प्रत्येक प्रदेशमा नै प्रशिक्षण सुविधा सहितको अन्तराष्ट्रियस्तरको खेलग्राम स्थापना गरिने बताउनु भयो । यस्तै चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको निर्माणको कामलाई टुंगोमा पुर्याउन सम्मन्वय गरिने र सहजिकरण गरिने नीति तथा कार्यक्रममा घोषणा गरिएको छ ।

गैँडाकोट वडा नं. ९ का अध्यक्ष सापकोटाद्धारा पदभार ग्रहण

गैँडाकोट वडा नं. ९ का अध्यक्ष सापकोटाद्धारा पदभार ग्रहण
नवलपुर । गैँडाकोट नगरपालिका वडा नं. ९ का नवनिर्वाचित अध्यक्ष धामनाथ सापकोटाले आज पदभार ग्रहण गर्नुभएको छ ।गैँडाकोट नगरपालिका वडा नं. ९ को कार्यालयमा आयोजित एक समारोहका विच वडा अध्यक्ष सापकोटाले पदभार ग्रहण गर्नुभएको हो ।उहाँसगै नवनिर्वाचित वडा सदस्यहरु ज्ञानप्रसाद खनाल, गमता भट्टराई (पाण्डे),दिनेश कुमाल र विन्दुमाया विकले पदभार ग्रहण गर्नुभएको हो । कार्यक्रममा बोल्दै नवनिर्वाचित वडाअध्यक्ष सापकोटाले चुनावका बेला गरेका प्रतिवद्धताहरु पुरागर्ने गरि आफुु र आफ्नो टिमले काम गर्...

गैंडाकोट २ का वडाअध्यक्ष सापकोटाद्वारा पदभार ग्रहण

गैंडाकोट २ का  वडाअध्यक्ष सापकोटाद्वारा पदभार ग्रहण
गैंडाकोट । गैंडाकोट २ का वडा अध्यक्ष प्रकास सापकोटाले कार्य शुभारम्भ गर्नुभएको छ । सोमवार वडा नं। २ को कार्यालयमा एक समारोहको आयोजना गरि सापकोटाले आफ्नो नियमित कार्यको शुभारम्भ गर्नुभएको हो । यसअघि शुक्रबार साँझ उहाँले वडाअध्यक्षका रुपमा पदभार ग्रहण गर्नुभएको थियो । उहाँसँगै वडाका नवनिर्वाचित वडा सदस्यहरुले समेत जिम्मेवारी सम्हाल्नु भएको छ । जसमा वडा सदस्यहरु खगराज आचार्य, काशीराज अर्याल, सीता श्रेष्ठ र सकिला हिलाल परियार रहनुभएको छ ।