×

नवलपुर विशेष

चितवनमा एक वर्षमा जङ्गली जनावरको आक्रमणमा २२ जनाको मृत्यु

चितवनमा एक वर्षमा जङ्गली जनावरको आक्रमणमा २२ जनाको मृत्यु
चितवन । चितवन राष्ट्रिय निकुञ्ज र आसपासका मध्यवर्ती क्षेत्रमा घाँस दाउरा गर्न तथा बस्तु चराउन गएका २२ जनाको जङ्गली जनावरको आक्रमणबाट मृत्यु गएको छ ।चालू आर्थिक वर्षमा निकुञ्ज सुरक्षामा खटिँदा, घाँस दाउरा गर्न जाँदा, पूजा गर्न जाँदा, पर्व मनाएर घर फर्कदै गर्दा जङ्गली जनावरको आक्रमणमा परी विभिन्न समयमा उनीहरुको मृत्यु भएको हो । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार चालू आर्थिक वर्षमा सबैभन्दा बढी बाघको आक्रमणबाट मानवीय क्षति भएको छ । बाघको आक्रमणबाट १३ जनाको मृत...

रुपन्देहीकाे रोहिणी पुलबाट खोलामा बस खस्दा ९ जनाको मृत्यु

रुपन्देहीकाे रोहिणी पुलबाट खोलामा बस खस्दा ९ जनाको मृत्यु
बुटवल । परासी-भैरहवा सडकखण्डअन्तर्गत रुपन्देहीको रोहिणी गाउँपालिकाको रोहिणी पुलबाट खोलामा बस खस्दा ९ जनाको मृत्यु भएको छ ।जनकपुरबाट भैरहवातर्फ आउँदै गरेको लु२ख ३८४१ नम्बरको बस रोहिणी पुलबाट खोलामा खसेर दुर्घटना भएको हो । आइतबार बिहान करिब साढे ४ बजे भएको दुर्घटनामा बसमा सवार ३२ जना यात्रु घाइते भएका थिए । घाइतेमध्ये उपचारको क्रममा पाँच जनाको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा र ४ जनाको भीम अस्पताल भैरहवामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता नवरत्न पौड...

भैरहवा नजिकै रात्रिबस दुर्घटना

भैरहवा नजिकै रात्रिबस दुर्घटना
भैरहवा — जनकपुरबाट भैरहवातर्फ जाँदै गरेको यात्रुसहितको बस आइतबार बिहान भैरहवा-परासी हुलाकी राजमार्ग खण्डमा दुर्घटनामा परेको छ ।दुर्घटनामा कति जनाको मृत्यु भयो भन्नेबारे प्रमाणित रुपमा खुल्न बाँकी छ । सुरक्षाकर्मी र स्थानीयको उद्धारमा करिब ३ दर्जन घाइते यात्रुलाई उद्धार गरी अस्पतालमा पुर्‍याइएको छ । लु २ ख ३८४१ नम्बरको उक्त रात्रिकालीन बस आइतबार बिहान पौने ५ बजेतिर भैरहवा नजिकैको रोहिणी खोलाको पुलबाट तल खोलामा खसेको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निर...

चोरमारा पुल मर्मतका लागि ६ घण्टा यातायात संचालनमा रोक

चोरमारा पुल मर्मतका लागि ६ घण्टा यातायात संचालनमा रोक
कावासोती । नवलपरासी पूर्व नवलपुरको मध्यविन्दु नगरपालिकामा अवस्थित पूर्व पश्चिम राजमार्गमा रहेको चोरमारा पुल मर्मतका लागि यातायात संचालनमा रोक लगाइएने भएको छ । आज  विहान ८ बजे देखि दिउसो २ बजे सम्मका लागि सो खण्डमा यातायात संचालनमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालय नवलपरासी पूर्वले जनाएको छ । चोरमारा स्थित गिरुवारी खोलामा रहेको पुलको बिच भागमा प्वाल परेकोला यातायात संचालनमा जोखिम रहेकाले यसको मर्मत गर्न लागिएको हो । यातायात संचालनकै अवस्थामा पुल मर्मत गर्न कठिन हुने भएकाल...

आइतबारदेखि मुग्लिन-पोखरा सडक दैनिक पाँच घण्टा बाटो बन्द हुने

आइतबारदेखि मुग्लिन-पोखरा सडक दैनिक पाँच घण्टा बाटो बन्द हुने
नवलपुर । दैनिक पाँच घण्टा बाटो बन्द गरेर पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन-पोखरा सडकखण्ड विस्तार कार्यलाई अघि बढाइने भएको छ।तनहुँस्थित याम्पाफाँट-घाँसीकुवा सडक खण्डबाट काम सुरू गर्न लागिएको छ।मुग्लिङ-पोखरा सडक योजना तनहुँका आयोजना प्रमुख नरेन्द्र सुवेदीका अनुसार जेठ २२ गतेदेखि सडकखण्ड विस्तार गर्न लागिएको छ। आइतबारदेखि राति ११ बजेदेखि बिहान ४ बजेसम्म पाँच घण्टा मुग्लिङ-पोखरा सडकखण्डमा सवारी साधन रोकेर सडक विस्तार काम सुरू हुने उनले बताए।अर्को सूचना जारी नहुन्जेल राति ११ बजेद...

सरकारले कुन स्थानीय तहमा कति पठायो बजेट ? (सूचीसहित)

सरकारले  कुन स्थानीय तहमा कति पठायो बजेट ? (सूचीसहित)
काठमाडौं । आगामी आर्थिक वर्ष २०७९/८०मा स्थानीय तहहरूले अन्तरसरकारी वित्तीय हस्तान्तरणमार्फत ३ खर्ब ३७ करोड १६ लाख बजेट पाएका छन् । स्थानीय तहहरुले समानीकरण अनुदान अन्तरगत १ खर्ब २३ करोड बजेट पाएका छन् । सशर्त अनुदानतर्फ स्थानीय तहले १ खर्ब ८३ अर्ब ७२ करोड बजेट पाउने भएका छन् । समपुरक अनुदानका लागि स्थानीय तहलाई ७ अर्ब २७ करोड रुपैयाँ बजेट विनियोजन भएको छ । विशेष अनुदानतर्फ स्थानीय तहलाई ९ अर्ब १४ करोड रुपैयाँ विनियोजन भएको छ ।

गैँडाकाेटका एक युवा १७९ तोला अवैध चाँदीसहित पक्राउ

गैँडाकाेटका एक युवा १७९ तोला अवैध चाँदीसहित  पक्राउ
चितवन – जिल्ला प्रहरी कार्यालय चितवनले १७९ तोला अवैध चाँदीसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवनको राप्ती नगरपालिका ११ स्थायी भई हाल नवलपुरको गैंडाकोट नगरपालिका ५ बस्ने २४ वर्षीय कुमार विक रहेका छन् । उनलाई मंगलबार अपरान्ह ५ बजे भरतपुर ११ स्थित भोजाड पदमपुर सडकखण्डमा चेकजाँचक्को क्रममा बिना बिलको दुई लाख २८ हजार हजार १९७ रुपैयाँ बराबरको १७९ तोला २८ लाल अबैध चाँदीका गर-गहना र चाँदीसहित पक्राउ गरिएको चितवनका प्रहरी प्रवक्ता डिएसपी नरहरि अधिकारीले जानकारी दिए । ...

ठगी गर्दै हिडेका २ जना गैँडाकाेटबाट पक्राउ

ठगी गर्दै हिडेका २ जना गैँडाकाेटबाट पक्राउ
गैंडाकोट । आफुलाई कम्पनिको आधिकारिक प्रतिनिधि बताउँदै ठगि गरिरहेको अवस्थामा गैंडाकोट नगरपालिकाको अमरापुरीबाट दुईजना ठगहरु पक्राउ परेका छन् । गैंडाकोट नगरपालिका वडा नं. १५ अमरापुरी स्थित १६ नंं. चोकमा ठगी धन्दा गर्दै गर्दा रङ्गेहात पक्राउ गरिएको प्रशंसा सप्लायर्स, अमरापुरीका प्रोप्राईटर केदार पौडेलले जानकारी दिनुभएको छ । पक्राउ पर्नेमा ललितपुर स्थित संखु–५ बस्ने भाजुराम थापा मगर र काठमाडौं शेषनारायण–८ बस्ने नवराज पौडेल रहेको अस्थाई प्रहरी पोष्ट गैंडाकोट–ज्ञघ, बेल्डियाले जना...

विश्व धूम्रपानपान रहित दिवसको अवसरमा गैँडाकोटमा विद्यार्थीहरुको र्‍‍याली

विश्व धूम्रपानपान रहित दिवसको अवसरमा गैँडाकोटमा विद्यार्थीहरुको र्‍‍याली
गैँडाकोट । विश्व धूम्रपानपान रहित दिवस २०७९ को अवसरमा नवलपुरको गैँडाकोटमा विद्यार्थीहरुले सचेतनामूलक र्‍‍याली निकालेका छन् । गैँडाकोट नगरपालिका वडा नं. १० भैसाखोरीमा अवस्थित किड्स होम एकेडमीका विद्यार्थीहरुले सचेतनामूलक र्याली निकालेका हुन् । विद्यालय परिसरबाट निकालिएको र्‍‍याली स्कुलचोक हुँदै भेँडाबारी बजारको परिक्रमा गरि पुन : विद्यालयमा आएर समापन भएको विद्यालयका प्राचार्य दल कुमारी थनेतले जानकारी दिनुभयो । कक्षा ४ देखि ८ सम्मका विद्यार्थीहरु र्‍‍यालीमा सहभागी रहेका थिए ...