गैँडाकोट ८ का एमाले अध्यक्ष चालिसेको प्रष्टीकरण :आरोप प्रमाणित भए कारवाही भोग्न तयार छु
गैँडाकोट । नेकपा एमाले गैँडाकोट वडा नं. ८ का अध्यक्ष श्रीहरी चालिसेले स्थानीय निकायको निर्वाचनका क्रममा भएको विषयलाई लिएर आफुप्रति लगाइएको आरोपको खण्डन गर्नुभएको छ ।गैँडाकोट नगरपालिका वडा नं. ८ मा बैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनको परिणामको विषयलाई लिएर पदाधिकारी र केहि सदस्यहरुले आफुलाई आरोप लगाउदै राजिनामा पेश गरेपछि अध्यक्ष चालिसेले त्यसको खण्डन गर्नुभएको हो ।
स्थानीय तहको निर्वाचनमा पार्टीका उमेदवारहरुलाई जिताउन चोविसैघण्टा खटेर हिडेको छुँ आफ्नै उमेदवारह...


