गैँडाकोट । नेकपा एमाले निटक स्वास्थ्यकर्मीहरुको संगठन राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ गैँडाकोट नगरकमिटिको अध्यक्षमा विमल पौडेल चयन हुनुभएको छ ।राष्ट्रिय स्वास्थ्यकर्मी महासंघका केन्द्रीय सदस्य जागेश्वर भूसालको प्रमुख आतिथ्यतामा गैँडाकोटमा भएको प्रथम नगर अधिवेशनले पौडेलको अध्यक्षतामा आगामी तीन वर्षका लागि ७ सदस्यीय नगरकमिटी सर्वसम्मत चयन गरेको हो ।

कमिटीको उपाध्यक्षमा सरला कुमाल, सचिवमा डा. सन्तोष सुवेदी, कोषाध्यक्षमा भागीरथी पोखरेल र सदस्यहरुमा तुलसी अधिकारी र विनोद पौडेल रहनुभएको राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ गैँडाकोटका ईन्चार्ज तारक सापकोटाले जानकारी दिनुभयो ।तत्कालको लागि सात सदस्यीय नगरकमिटी बनाइएको भएपनि केहिदिनमै यसलाई बढाएर २१ सदस्यीय बनाउने नवनिर्वाचित अध्यक्ष विमल पौडेलले बताउनुभयो ।

तपाईको प्रतिक्रिया