नवलपुर । कपा एमाले गैँडाकोट नगरकमिटी वडा नं. ८ मा उपाध्यक्ष, सचिव र उपसचिव सहित २५  जनाले सामुहिक राजिनामा दिएका छन् । स्थानीय निकायको निर्वाचनमा वडा कमिटीको मुल नेतृत्वका कारण पराजय ब्यहोर्नु परेको भन्दै उपाध्यक्ष, सचिव, उपसचिव सहित २५ जनाले वडा कमिटी समक्ष राजिनामा पेश गरेका हुन् । राजिनामामा पत्रमा पार्टि वडाअध्यक्षकै कारण स्थानीय निकायको निर्वाचनमा विजयी हाँसिल गर्न नसकेको कुरा उल्लेख गरिएको छ ।

राजिनामा दिनेमा उपाध्यक्ष हरिमाया अधिकारी, सचिव गोविन्द आचार्य, उपसचिवहरु दुर्गाप्रसाद पौडेल, गोपाल पराजुली, सदस्यहरु अर्जुन पराजुली, लालबहादुर थापा, छम कुमारी विक, देवीकुमारी शर्मा, कोपीला शर्मा कोपीला अधिकारी, सविता राना, कौशिला खत्री, धनमाया राना, बविता कुवंर, अर्जुन भूसाल लगायत रहेका छन् ।

निर्वाचनको समिक्षा गर्नको लागि बैठकको कुरा उठाउँदा जिल्लाले गर्छ हामिले किन गर्ने भन्ने खालका जवाफ अध्यक्ष बाट आएको तथा चुनावको महत्वपूर्ण समयमा मेयर लगायत वडा अध्यक्षलाई भोट नहाल्नु भन्दै हिड्ने गरेको भन्दै यसले आम कार्यकर्तालाई दुखी बनाएको उल्लेख छ । आगामी प्रदेश र संघको निर्वाचनमा समेत हालको नेतृत्व रहँदा पार्टीको अस्तित्वनै संकटमा पर्न सक्ने भएको भन्दै राजिनामा पेश गर्नु विकल्प नभएको उल्लेख छ ।

 

तपाईको प्रतिक्रिया