सुस्मा न्यौपाने
नवलपुर । विश्व वातावरण दिवशको अवसरमा नवलपुरमा विद्यार्थीहरुले धार्मिक क्षेत्रमा सरसफाई गरेका छन् ।गैँडाकोट ईङ्लिस स्कुलका विद्यार्थीहरुले प्रसिद्ध धार्मिक तिर्थस्थलको रुपमा परिचित मौलाकालिका मन्दिर जाने मुल सडकको सरसफाई गरेका हुन् ।

कक्षा ६ देखि ९ सम्मका  विद्यार्थीहरु सरसफाइ अभियानमा सहभागि भएको विद्यालयका सूचनाप्रविधि विभाग प्रमुख हरिशचन्द्र खरेलले जानकारी दिनुभयो ।सडकमा रहेका प्लाष्टिकजन्य फोहोरलाई डस्टविनहरुमा ब्यवस्थापन गरिएको थियो ।

विद्यालयको सामाजिक उत्तरदायित्व अन्तर्गत मौलाकालिका मन्दिर क्षेत्रमा सरसफाई गरिएको विद्यालयले जनाएको छ । विद्यालयका सहायक प्राचार्य विना कोईरालाले विद्यार्थीहरुलाई वातारण संरक्षण हाम्रो समेत दायित्व हो भन्ने भावना जागृत गराउन समेत सरसफाई कार्यक्रमको आयोजना गरिएको बताउनुभयो ।गैँडाकोट नगरपालिकाको पहिलो बालमैत्री विद्यालयको परिचय बनाएको गैँडाकोट ईङ्लिस स्कुलमा झण्डै एघार सय विद्यार्थीहरु अध्ययनरत छन् ।

तपाईको प्रतिक्रिया