गैँडाकोट । नेकपा एमाले गैँडाकोट वडा नं. ८ का अध्यक्ष श्रीहरी चालिसेले स्थानीय निकायको निर्वाचनका क्रममा भएको विषयलाई लिएर आफुप्रति लगाइएको आरोपको खण्डन गर्नुभएको छ ।गैँडाकोट नगरपालिका वडा नं. ८ मा बैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनको परिणामको विषयलाई लिएर पदाधिकारी र केहि सदस्यहरुले आफुलाई आरोप लगाउदै राजिनामा पेश गरेपछि अध्यक्ष चालिसेले त्यसको खण्डन गर्नुभएको हो ।

स्थानीय तहको निर्वाचनमा पार्टीका उमेदवारहरुलाई जिताउन चोविसैघण्टा खटेर हिडेको छुँ आफ्नै उमेदवारहरुलाई हराउने भन्नेकुरा कल्पना सम्म पनि गर्न सकिदैन अध्यक्ष चालिसेले भन्नुभयो । उहाँले चुनाव हराएको भनेर सप्रमाण आए आफुले जस्तोसुकै कारवाही भोग्न समेत तयार रहेको उज्यालोलाई बताउनुभयो ।मैले गल्ती कमजोरि गरेको भए म माथि आवश्यक छानविन होस उहाँले भन्नुभयो : सत्यतथ्य नबुझि आवेग र उत्तेजनाका भरमा लगाइएको आरोपहरु दुखद छन् ।

वडा अध्यक्ष चालिसेले जेष्ठ २५ गते नगर अध्यक्ष समक्ष राजिनामा पत्र बुझाएको समेत थाहा भएको छ । चुनावी अभियानमा अनवरत रुपमा खट्दा खट्दै पार्टि भित्र पद्धती निर्माण गर्ने अनेकन पैयास गर्दापनि सफल हुन नसकेको र निर्वाचन परिणाम अपेक्षा अनुसार नआएकोले नैतिक जिम्मेबारी लिदै अध्यक्ष पदबाट राजिनामा दिएको कुरा उल्लेख छ ।

आवश्यक परे पार्टि पंक्ती निर्देशन आए आफू अध्यक्ष भए देखी निर्वाचन सम्मका भोगेका सवै गतिविधी को प्रतिवेदन सहित पार्टी अनुशासन को कठघरामा उभिन समेत तयार रहेकाे उहाँले बताउनुभएकाे छ ।

 

तपाईको प्रतिक्रिया