×

नवलपुर विशेष

प्रदेश सरकारसंगको सहकार्यमा देवघाटमा तीनमुखे पुल निर्माण गरिने

प्रदेश सरकारसंगको सहकार्यमा देवघाटमा तीनमुखे पुल निर्माण गरिने
नवलपुर । गण्डकी प्रदेश सरकारले त्रिशूली र कालीगण्डकीको सङ्गमस्थल देवघाटमा तीनमुखे पुल निर्माण गर्ने भएको छ । बागमती प्रदेश सरकारसँगको समेत सहकार्यमा देवघाटमा तीनमुखे पुल निर्माण गर्न लागिएको हो । गण्डकी प्रदेश सरकारले तनहुँ, चितवन र नवलपुर जोड्ने गरी निर्माण हुन लागेको तीनमुखे पुललाई प्राथमिकतामा राखेको छ । देवघाट क्षेत्र विकास समितिको गत चैतमा बसेको बैठकले यहाँ तीनमुखे पुल निर्माण गर्ने निर्णय गरेको थियो । समितिले पुल निर्माणका लागि बजेट विनियोजन गर्न गण्डकी र बागमती प्रद...

अक्सफोर्ड स्कुल गैँडाकाेटकाे ग्राजुयशन कार्यक्रम सम्पन्न

अक्सफोर्ड स्कुल गैँडाकाेटकाे ग्राजुयशन कार्यक्रम सम्पन्न
गैंडाकोट । गैंडाकोटकाे अक्सफोर्ड सेकेण्डरी स्कूलले कक्षा १२ का बिद्यार्थीहरुको निम्ति ग्राजुयशन कार्यक्रम – २०७९’ को आयोजना गरेको छ । १२ कक्षामा अध्यायनरत बिद्यार्थीहरुले परिक्षा दिएर नतिजाकाे  पखाईमा रहेकै बेला स्कुलले ‘ग्राजुयशन कार्यक्रम – २०७९’ को आयोजना गरेको हो । उक्त कार्यक्रममा आफ्ना भनाईहरु राख्दै शिक्षा तथा मानव स्रोत विकाश केन्द्र, शिक्षा विकाश तथा समन्वय इकाई नवलपुरका इकाई प्रमुख कृष्णचन्द्र पोख्रेलले अक्सफोर्डले उत्पादन गरेका जनशक्तिहरु नवलपुरभरी, नेपालभरी र ब...

नवलपुरमा करेन्ट लागेर एकजनाको मृृत्यु

नवलपुरमा करेन्ट लागेर एकजनाको मृृत्यु
गैँडाकोट । नवलपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । हुप्सेकोट गाँउपालिका वडा नं. ३ का ६६ वर्षका कोषबहादुर मल्लको करेन्ट लागेर मृत्यु भएको हो । हुप्सेकोट गाउँपालिका वडा नं. ४ झ्यालवासमा विजुलीको पोलमुनी रहेको तारमा छोइन पुग्दा उनको मृत्यु भएको बताइएको छ ।

साताको ६ दिन सेयर बजार खुल्ने, शुक्रबार जम्मा दुई घण्टा कारोबार

साताको ६ दिन सेयर बजार खुल्ने, शुक्रबार जम्मा दुई घण्टा कारोबार
काठमाडौं । आगामी असार १ गतेदेखि लागु हुने गरी सेयर बजार साताको ६ दिन खुल्ने भएको छ। नेप्सेका प्रवक्ता मुराहरि पराजुलीका अनुसार असार १ गतेदेखि बजार शनिबार बाहेक साताको ६ दिन खुल्ने भएको हो।उनका अनुसार आइतबारदेखि बिहीबारसम्म बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सेयर कारोबार खुला रहनेछ भने शुक्रबार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म बजार खुला हुने भएको हो। सरकारले आइतबार समेत दिँदै आएको सार्वजनिक बिदा खारेजको घोषणा गरेसँगै नयाँ निर्णय भएको हो। यस अघि पुरानै व्यवस्था अनुसार आइतबार...

ट्याक्टरले च्यापिएर कावासोतीमा एकजनाको मृत्यु

ट्याक्टरले च्यापिएर कावासोतीमा एकजनाको मृत्यु
नवलपुर । नवलपुरको कावासोतीमा ट्याक्टरले च्यापिएर एकजनाको ज्यान गएको छ । कावासोती नगरपालिका वडा नं. १७ गोछडाटारमा मकैको ढोड लोड गरि फर्कने क्रमामा ट्याक्टरको ढाला पल्टीएर सोहि ढालाले च्याप्दा सोहि स्थानका ५५ वर्षका शान्तिनाथ महतोको मृत्यु भएको हो । मृतक महतो साेही ट्याक्टरमा चालक हुन् । स्थानीय खुसीराम थनेतको खेतबाट मकैको ढोड गरेर निस्कने क्रममा ना ७ त ३७७५ नम्बरको ट्याक्टर फसेपछि चक्कामा लागेको माटो निकाल्न लागेका थिए । सोहि क्रममा ढाला पल्टन गई दुर्घटना भएको थियो ।ट्याक्ट...

असार १ गतेदेखि चितवन राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी बन्द

असार १ गतेदेखि चितवन राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी बन्द
चितवन ।  चितवन राष्ट्रिय निकुञ्जले निकुञ्जभित्र गरिने पर्यटकीय गतिविधि यही असार १ गतेदेखि बन्द गर्नेभएको छ । निकुञ्जभित्र गरिने जङ्गल सफारी, जङ्गल वाकलगायत गतिविधि बन्द गर्न लागिएको हो । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार मनसुन सुरु भएसँगै निकुञ्जभित्रका कच्ची वनपथ बिग्रने, जङ्गलमा भएका स–साना खोला खोल्सामा बाढी आउने तथा रूख लडेर बाटो अवरुद्ध हुन सक्ने भएकाले गतिविधिमा रोक लगाइएको हो । उहाँले भन्नुभयो, “अर्को सूचना जारी नभएसम्मका लागि पर्यटकीय गतिविधि बन्द ...

गैँडाकोट ९ मा भएको निशुल्क स्वास्थ्य शिविरमा ३६० जनाको स्वास्थ्य परिक्षण

गैँडाकोट ९ मा भएको निशुल्क स्वास्थ्य शिविरमा ३६० जनाको स्वास्थ्य परिक्षण
गैंडाकोट । नवलपुरको गैंडाकोट ९ मा भएको निशुल्क स्वास्थ्य शिविरमा ३६० जनाले स्वास्थ्य परिक्षण गराएका छन् । आधारभुत स्वास्थ्य सेवा केन्द्र गैंडाकोट ९ को आयोजना एवं नवजागरण ग्रामिण विकास केन्द्र र टोल विकास संस्था गैंडाकोट ९ को समन्वयमा भएको सिविरमा ३६० जनाले स्वास्थ्य जाँच गरएको गैँडाकोट नगरपालिका वडा नं. ९ का अध्यक्ष धामनाथ सापकोटाले जानकारी दिनुभयो । स्वास्थ्य शिविरमा २५१ जना महिलाले पाठेघरको परिक्षण, ६१ जनाले भीआइए परिक्षण र १५० जना महिलाले अल्टासाउण्डको सेवा लिएको उहाँले...

राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालको स्थापना दिवशकाे अवसरमा  सरसफाइ

राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालको स्थापना दिवशकाे अवसरमा  सरसफाइ
गैँडाकोट । राष्टिय स्वास्थ्यकर्मी महासंघ नेपालको १७ औं स्थापना दिवशको अवसरमा राष्टिय स्वास्थ्यकर्मी महासंघ गैँडाकोट नगर कमिटीले आज सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ ।स्थापना दिवशको अवसरमा गैँडाकोट नगरपालिका वडा नं ११ मा रहेको गैँडाकोट नगरअस्पताल परिसरमा सरसफाइ गरिएको हो । स्वास्थ्यकर्मी महासंघ गैँडाकोट नगर कमिटीका अध्यक्ष बिमल पौडेलको अध्यक्षमा भएको कार्यक्रममा स्वास्थ्यकर्मी महासंघ गण्डकी प्रदेशका  सदस्य  डा.कृष्ण रेग्मी, गैँडाकोट नगरपालिका वडा नं.११ का अध्यक्ष गोविन्द...

आँबुखैरेनीमा सडक भासियो , पाेखरा जाने यातायात अवरुद्ध

आँबुखैरेनीमा सडक भासियो , पाेखरा जाने यातायात अवरुद्ध
तनहुँ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ साँखरस्थित ड्याम नजिक सडक भाँसिदा दुईतर्फी सवारी आवागमन अवरुद्ध भएको छ । गए रातिदेखि परेको अविरल वर्षाका कारण सडकको भाग भाँसिएको हो । सडकको भाग तलबाट भाँसिएकाले बेलिब्रिज नराखेसम्म सवारी आवतजावतमा सम्भव नदेखिएको तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए । तत्काल मर्मतसम्भार पनि गर्न नसक्ने भएपछि जताबाट आएको त्यतैतर्फ सवारीसाधान फर्काइएको उनले बताए । करिब २० मिटर सडक भाँसिएको प्रहरीले जनाएको छ ...