गैँडाकोट । राष्टिय स्वास्थ्यकर्मी महासंघ नेपालको १७ औं स्थापना दिवशको अवसरमा राष्टिय स्वास्थ्यकर्मी महासंघ गैँडाकोट नगर कमिटीले आज सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ ।स्थापना दिवशको अवसरमा गैँडाकोट नगरपालिका वडा नं ११ मा रहेको गैँडाकोट नगरअस्पताल परिसरमा सरसफाइ गरिएको हो ।

स्वास्थ्यकर्मी महासंघ गैँडाकोट नगर कमिटीका अध्यक्ष बिमल पौडेलको अध्यक्षमा भएको कार्यक्रममा स्वास्थ्यकर्मी महासंघ गण्डकी प्रदेशका  सदस्य  डा.कृष्ण रेग्मी, गैँडाकोट नगरपालिका वडा नं.११ का अध्यक्ष गोविन्द सुवेदी १२ का अध्यक्ष चक्रपाणी कंडेल, कमिटीका सचिव डा. सन्तोष सुवेदी, नगर अस्पतालका इन्चार्ज माधव आचार्य ,कोषाध्यक्ष भागीरथी पोखरेल, सदस्य तुलसी अधिकारी लगायतको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया