गैंडाकोट । नवलपुरको गैंडाकोट ९ मा भएको निशुल्क स्वास्थ्य शिविरमा ३६० जनाले स्वास्थ्य परिक्षण गराएका छन् । आधारभुत स्वास्थ्य सेवा केन्द्र गैंडाकोट ९ को आयोजना एवं नवजागरण ग्रामिण विकास केन्द्र र टोल विकास संस्था गैंडाकोट ९ को समन्वयमा भएको सिविरमा ३६० जनाले स्वास्थ्य जाँच गरएको गैँडाकोट नगरपालिका वडा नं. ९ का अध्यक्ष धामनाथ सापकोटाले जानकारी दिनुभयो ।

स्वास्थ्य शिविरमा २५१ जना महिलाले पाठेघरको परिक्षण, ६१ जनाले भीआइए परिक्षण र १५० जना महिलाले अल्टासाउण्डको सेवा लिएको उहाँले बताउनुभयो ।शिविरमा महिलाहरुको पाठेघर सम्बन्धी रोगको उपचार, भिडियो एक्सरे, प्रेसर, सुगर तथा जनरल फिजिसियन सम्बन्धी जाँच एवं परामर्श गरिएको थियो । स्वास्थ्य शिविरका लागि टाईम फर्मास्युटिकल्स र मौलाकालिका अस्पतालले सहयोग गरेका थिए । शिविरमा वरिष्ठ स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. केशवराज भुर्तेल, डा. रमेश पौडेल, प्रनिता महर्जन र रेडियोलोजिष्ट रमेश घिमिरेले जाँच गर्नुभएको थियो ।
आधारभुत स्वास्थ्य सेवा केन्द्र गैंडाकोट ९ का अध्यक्ष तथा गैँडाकोट वडा नं. ९ का अध्यक्ष धामनाथ सापकोटाको अध्यक्षतामा भएको स्वास्थ्य शिविरको उद्घाटन शत्रमा गैँडाकोट नगरपालिका स्वास्थ्य शाखाका प्रमुख झलकराज पौडेल प्रमुख अतिथि रहनुुभएको थियो भने विशिष्ट अतिथिहरुमा गैँडाकोट ९ का निर्वतमान वडा अध्यक्ष प्रेमप्रसाद सापकोटा, वरिष्ठ स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. केशवराज भुर्तेल, डा. रमेश पौडेल रहनुभएको थियो ।

स्वास्थ्य शिविरमा बोल्दै गैंडाकोट ९ का नवनिर्वाचित वडा अध्यक्ष धामनाथ सापकोटाले वडाबासीहरुकाे स्वास्थ्यलाई ध्यानमा राख्दै कार्यक्रमको आयोजना गरेको बताउनुभयो ।आधारभुत स्वास्थ्य केन्द्रका प्रमुख शोभाप्रसाद आचार्यले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चालन आधारभुत स्वास्थ्य सेवा केन्द्रका सदस्य नारायणप्रसाद भट्टराईले गर्नुभएको थियो । विहान ७ :३० बजेदेखि सुरु भएकाे स्वास्थ्य शिविर साँझ ६ वजेसम्म चलेकाे थियो ।

तपाईको प्रतिक्रिया