गैंडाकोट । गैंडाकोटकाे अक्सफोर्ड सेकेण्डरी स्कूलले कक्षा १२ का बिद्यार्थीहरुको निम्ति ग्राजुयशन कार्यक्रम – २०७९’ को आयोजना गरेको छ । १२ कक्षामा अध्यायनरत बिद्यार्थीहरुले परिक्षा दिएर नतिजाकाे  पखाईमा रहेकै बेला स्कुलले ‘ग्राजुयशन कार्यक्रम – २०७९’ को आयोजना गरेको हो ।

उक्त कार्यक्रममा आफ्ना भनाईहरु राख्दै शिक्षा तथा मानव स्रोत विकाश केन्द्र, शिक्षा विकाश तथा समन्वय इकाई नवलपुरका इकाई प्रमुख कृष्णचन्द्र पोख्रेलले अक्सफोर्डले उत्पादन गरेका जनशक्तिहरु नवलपुरभरी, नेपालभरी र बिदेशमा पनि जताततै भेटिने भएकाले यो कलेजले दक्ष जनशक्ति उत्पादनमा महत्वपूणर् भूमिका निर्वाह गरेको बताउनु भयो ।

समारोहका विशिष्ट अतिथि एवं गैंडाकोट नगरपालिका शिक्षा शाखाका प्रमुख बालकृष्ण चापागाईले १२ कक्षामा अध्ययनरत विद्यार्थीहरुको यो अवस्था जीवनकै संवेदनशिल भएकाले मनलाई अन्यत्र केन्द्रीत नगरि अध्यायन र सिप आर्जन गर्नेतर्फ लाग्न सुझाउनुभयो ।

समारोहमा बिद्यार्थीहरु गीत, नृत्य र एकांङ्की लगायतका मनोरञ्जनात्मक झलकहरु पनि प्रस्तुत गर्नुभएको थियो । कलेजका प्राचार्य ई‍.हरी भण्डारीको अध्यक्षता भएको उक्त समारोहमा प्लस २ म्यानेजमेन्टका प्रमुख हरिश प्रसाद थपलियाको स्वागत मन्तव्य रहेको थियो । कार्यक्रमको संचालन प्लस टू साइन्सका शिक्षक कृष्णहरि पौडेलले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया