×

नवलपुर विशेष

आज अन्तर्राष्ट्रिय योग दिवसः विभिन्न कार्यक्रम गरी मनाइँदै

आज अन्तर्राष्ट्रिय योग दिवसः विभिन्न कार्यक्रम गरी मनाइँदै
चितवन । मानव जीवनका लागि योग भन्ने आह्वानसहित अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ ।अन्तर्राष्ट्रिय योग दिवस हरेक वर्ष जुन २१ तारिखका दिन विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइन्छ । संयुक्त राष्ट्र सङ्घको महासभाले सन् २०१४ मा गरेको निर्णयअनुसार सन् २०१५ जुन २१ देखि अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको हो । भारतीय प्रधानमन्त्री नरेन्द्रदामोदरदास मोदीले संयुक्त राष्ट्र सङ्घको ६९औँ महासभामा योग सबैका लागि सधैँका लागि आवश्यक भ...

बढ्याे गाडी भाडा : नारायणगढबाट कावासाेतीको लागि १०७ रुपैँया कायम

बढ्याे गाडी भाडा : नारायणगढबाट कावासाेतीको लागि  १०७ रुपैँया कायम
नवलपुर । पेट्रोलियम पदार्थको मूल्य बढेपछि यातायात व्यवस्था विभागले सार्वजनिक गाडीको भाडा पनि बढाएको छ । विभागले अन्तरप्रदेश यात्रुबाहक तथा मालबाहक गाडीमा अधिकतम ७.७ प्रतिशतसम्म भाडा बढाएको हो । यात्रुवाहक सार्वजनिक सवारी साधनमा ५.३० प्रतिशतले भाडा बढेको छ । त्यस्तै पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारीमा ६.९४ तथा तराईको बाटोमा चल्ने मालबाहक सवारीमा ७.७ प्रतिशतले भाडा वृद्धि गरिएको विभागले सोमबार जारी गरेको सूचनामा उल्लेख छ । स्थानीय रुटमा सञ्चालन हुने यातायातको भाडा भने ...

नवलपुरकाे गैँडाकोटमा एक पुरुषद्धारा आत्महत्या

नवलपुरकाे गैँडाकोटमा एक पुरुषद्धारा आत्महत्या
गैँडाकोट । नवलपुरको गैँडाकोटमा आजसाँझ एक पुरुषले आत्महत्या गरेका छन् । गैँडाकोट नगरपालिका वडा नं. १ बाघखोर नजिकै स्थानीय दल बहादुर कुमालले आत्महत्या गरेको इलाका प्रहरी कार्यालय गैँडाकाेटले जनाएकाे छ । ४५ वर्षीय कुमालले आफ्नै घरको पंखामा डोरीको पासो लगाई आत्महत्या गरेको स्थानीयहरुले बताएका छन् । राति १० वजेसम्म उनको शव निकालिएको छैन । ईलाका प्रहरी कार्यालय गैँडाकोटको टोली अहिले घटनास्थलमा पुगेको छ ।

नवलपुरमा फलाम खानीको उत्खनन कार्य अगाडि बढ्यो, १५ करोड टन कच्चा फलाम उत्पादन हुने

नवलपुरमा फलाम खानीको उत्खनन कार्य अगाडि बढ्यो, १५ करोड टन कच्चा फलाम उत्पादन हुने
नवलपुर । धौवादी फलाम खानीको उत्खनन कार्य अगाडि बढाइएको छ । २०७६ साल असोजमा फलाम निकाल्न गठन भएको धौवादी कम्पनीले फलाम उत्खननका लागि तीव्र रुपमा कार्य अगाडि बढाइएको जनाएको छ । कम्पनीका निर्देशक शैलेश थापाले उत्खननको कार्य तीव्ररुपमा अगाडि बढेको बताए । उनकाअनुसार कम्पनीले विभिन्न परीक्षणसहित कार्य अगाडि बढाएको छ । उक्त क्षेत्रमा १५ करोड टन फलाम उत्पादन गर्न सक्ने अध्ययनले देखाएको छ । गण्डकी प्रदेशको नवलपरासीको सुस्तापूर्वीको कावासोतीदेखि २० किलोमिटर उत्तरमा हुप्सेकोट गाउँपालिका...

नारायणी नदीमा बन्ने भयो सिग्नेचर पुल,बोलपत्र आह्वानको तयारी

नारायणी नदीमा बन्ने भयो सिग्नेचर पुल,बोलपत्र आह्वानको तयारी
चितवन ।  चितवन र नवलपरासीलाई जोड्ने नारायणी नदीमा सिग्नेचर पुल निर्माण हुने भएको छ । निर्माण हुने पुलको कुल लम्बाइ चार सय मिटर र चौडाइ चार लेनको हुने सडक विभागले जनाएको छ । विभागका महानिर्देशक अर्जुनजङ्ग थापाले नारायणी नदीमा रहेको पुल ४१ वर्ष पुरानो भई जीर्ण हुँदै गएकोले नयाँ पुल निर्माण गर्न लागिएको जानकारी दिए । सो कामका लागि ठेक्काको बोलपत्र आह्वान गर्ने तयारी भइरहेको जानकारी दिए । विभागका अनुसार नारायणी नदीमा अहिलेको पुलको समानान्तर हुने गरी सिग्ने चर पुल’ निर्माण गर्न...

जिसस नवलपुर : सवै पदमा एमाले उम्मेदवार विजयी

जिसस नवलपुर : सवै पदमा एमाले उम्मेदवार विजयी
गैँडाकोट । जिल्ला समन्वय समिति नवलपरासी (पूर्व)मा सवै पदमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन । नेकपा एमालेको तर्फबाट बाबुराम परियार जिल्ला समन्वय समितिको प्रमुखमा विजयी हुनुभएको छ । उपप्रमुखमा एमालेकै शकुन्तला लम्साल निर्वाचित हुनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यस्तै सदस्यहरूमा कुल प्रसाद भूसाल, लिला पौडेल, लोकनाथ अर्याल, सरस्वती पाठक, पिन कुुमारी चितौरे (मगर), रेनुु गुरौ (थारु) र सम्झना सार्की निर्वाचित हुनुभएको छ । आठ स्थानीय तह रहेको यहाँ शनिवार सम...

चितवनमा असार ६ गतेदेखि मल वितरण गरिने

चितवनमा असार ६ गतेदेखि मल वितरण गरिने
चितवन ।   साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड र कृषि सामग्री वितरण केन्द्र चितवनले यही असार ६ गतेबाट रासायनिक मल वितरण गर्ने भएका छन् । रोपाईँ गर्न सुरु गर्न लागेका किसानलाई यसले केही राहत पुग्ने जनाइएको छ ।कर्पोरेशन चितवनका प्रमुख बुद्धिविनोद दाहालले वीरगञ्जस्थित आफ्नो गोदामघरमा मल आइसकेको जानकारी दिँदै छिट्टै वितरण हुने बताउनुभयो । यसैगरी वितरण केन्द्रका प्रमुख राजन बगाले यही असार ६ गतेदेखि डिएपी मल वितरण गरिने जानकारी दिनुभयो । उहाँका अनुसार केन्द्रमा रहेको २९० टन मल बिक्री...

क्यान्टिनमा खाजा खाएपछि नवलपुरको रिचर्ड इङ्गलिस बोर्डिङ्ग स्कुलका ३२ विद्यार्थी विरामी

क्यान्टिनमा खाजा खाएपछि नवलपुरको रिचर्ड इङ्गलिस बोर्डिङ्ग स्कुलका ३२ विद्यार्थी विरामी
नवलपुर । नवलपुरको रिचर्ड इङ्गलिस बोर्डिङ्ग स्कूलका  ३२ जना विद्यार्थी विरामी भएका छन् ।विनयी त्रिवेणी गाउँपालिका स्थित सर्दीमा रहेको रिचर्ड इङ्गलिस बोर्डिङ्ग स्कूलमा अध्ययनरत ३२ जना विद्यार्थी विरामी भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका डिएसपी सन्तोष पाठकले जानकारी दिए । फुड प्वाइजनका कारण विद्यार्थीहरु विरामी भएकाे हुनसक्ने बताइएकाे छ । विद्यालय हाताभित्र रहेको क्यान्टिमा खाजा खाएका २ सय विद्यार्थीहरुमध्ये ३२ जना विरामी भएका हुन् । विहिवार दिउसो खाजा खाएर विरामी भएका उनिह...

आसन्न चुनावका लागि मतदाता नामावली संकलन आजबाट

आसन्न चुनावका लागि मतदाता नामावली संकलन आजबाट
काठमाडौं । निर्वाचन आयोगले आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि मतदाता नामावली संकलन कार्य आजबाट सुरु गर्दै छ ।निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले ७७ वटै जिल्लामा आजबाट मतदाता नामावली संकलन कार्य सुरु हुने जानकारी दिए । ‘निकट भविष्यमा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मिति घोषणा हुने सम्भावना छ, त्यो निर्वाचनलाई लक्षित गरी असार १ गतेदेखि ७७ वटै निर्वाचन कार्यालय, ७७ वटै जिल्ला प्रशासन कार्यालय र ७३ इलाका प्रशासन कार्यालयबाट मतदाता नामावली संकलन...