क्यान्टिनमा खाजा खाएपछि नवलपुरको रिचर्ड इङ्गलिस बोर्डिङ्ग स्कुलका ३२ विद्यार्थी विरामी
नवलपुर । नवलपुरको रिचर्ड इङ्गलिस बोर्डिङ्ग स्कूलका ३२ जना विद्यार्थी विरामी भएका छन् ।विनयी त्रिवेणी गाउँपालिका स्थित सर्दीमा रहेको रिचर्ड इङ्गलिस बोर्डिङ्ग स्कूलमा अध्ययनरत ३२ जना विद्यार्थी विरामी भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका डिएसपी सन्तोष पाठकले जानकारी दिए । फुड प्वाइजनका कारण विद्यार्थीहरु विरामी भएकाे हुनसक्ने बताइएकाे छ ।
विद्यालय हाताभित्र रहेको क्यान्टिमा खाजा खाएका २ सय विद्यार्थीहरुमध्ये ३२ जना विरामी भएका हुन् । विहिवार दिउसो खाजा खाएर विरामी भएका उनिह...


