×

गैँडाकोट । नवलपुरको गैँडाकोटमा आजसाँझ एक पुरुषले आत्महत्या गरेका छन् । गैँडाकोट नगरपालिका वडा नं. १ बाघखोर नजिकै स्थानीय दल बहादुर कुमालले आत्महत्या गरेको इलाका प्रहरी कार्यालय गैँडाकाेटले जनाएकाे छ ।
४५ वर्षीय कुमालले आफ्नै घरको पंखामा डोरीको पासो लगाई आत्महत्या गरेको स्थानीयहरुले बताएका छन् । राति १० वजेसम्म उनको शव निकालिएको छैन । ईलाका प्रहरी कार्यालय गैँडाकोटको टोली अहिले घटनास्थलमा पुगेको छ ।

तपाईको प्रतिक्रिया