गैँडाकोट । जिल्ला समन्वय समिति नवलपरासी (पूर्व)मा सवै पदमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन । नेकपा एमालेको तर्फबाट बाबुराम परियार जिल्ला समन्वय समितिको प्रमुखमा विजयी हुनुभएको छ । उपप्रमुखमा एमालेकै शकुन्तला लम्साल निर्वाचित हुनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
यस्तै सदस्यहरूमा कुल प्रसाद भूसाल, लिला पौडेल, लोकनाथ अर्याल, सरस्वती पाठक, पिन कुुमारी चितौरे (मगर), रेनुु गुरौ (थारु) र सम्झना सार्की निर्वाचित हुनुभएको छ । आठ स्थानीय तह रहेको यहाँ शनिवार समन्वय समितिका लागि निर्वाचन भएको थियो ।

तपाईको प्रतिक्रिया