×

नवलपुर विशेष

गैंडाकोटमा बर्थिङ सेन्टरमा सुत्केरी हुनेलाई पाँच हजार भत्ता

गैंडाकोटमा बर्थिङ सेन्टरमा सुत्केरी हुनेलाई पाँच हजार भत्ता
नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोटमा रहेका सरकारी स्वास्थ्य संस्था तथा बर्थिङ सेन्टरमा सुत्केरी हुनेलाई रु पाँच हजार सुत्केरी भत्ता दिइने भएको छ ।गैँडाकोट नगरपालिकाले आर्थिक वर्ष २०७९/८० को साउन महिनादेखि नै लागू हुनेगरी भत्ताको व्यवस्था गर्न लागेको हो । नगर उपप्रमुख शान्ति कोइरालाले सरकारी स्वास्थ्य संस्थामा सुत्केरी हुने नगरवासी महिलाका लागि भत्ताको व्यवस्था गर्ने गरी नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् । बिहीबार नगरसभामा प्रस्तुत नीति तथा कार्यक्रम क...

गैँडाकोट नगरपालिकाको बजेट १ अर्ब २ करोड ३१ लाख !

गैँडाकोट नगरपालिकाको बजेट १ अर्ब २ करोड ३१ लाख !
गैंडाकोट ।  गैंडाकोट नगरपालिकाले आर्थिक वर्ष २०७९/८० कालागि १ अर्ब २ करोड ३१ लाख २ हजार रुपैयाँको बजेट ल्याएको छ । नगरपालिकाले उक्त बजेट विभिन्न स्रोतबाट प्राप्त गर्ने अनुमान छ । नगरपालिकाको ११ औंनगरसभामा नगर उपप्रमुख शान्ति कोइरालाले प्रस्तुत गर्नुभएको बजेटमा नगरकोआन्तरिक राजश्वबाट ११ करोड ३४ लाख आर्जन गर्ने अनुमान गरेको छ । नेपाल सरकारबाट प्राप्त समानीकरण अनुदान १८ करोड ६५ लाख, नेपालसरकारबाट प्राप्त राजश्व वाँडफाँडबाट १३ करोड २३ लाख ९४ हजार, नेपालसरकारबाट प्राप्त समपुरक ...

मेयर दाहालद्धारा भरतपुरको नीति तथा कार्यक्रम सार्वजनिक

मेयर दाहालद्धारा भरतपुरको नीति तथा कार्यक्रम सार्वजनिक
चितवन । भरतपुर महानगरपालिकाको आर्थिक वर्ष ०७९/०८० को नीति तथा कार्यक्रम सार्वजनिक भएको छ ।शुक्रबार बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको सभाहलमा ११ औ नगरसभामा महानगर नगर प्रमुख रेनु दाहालले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । नीति तथा कार्यक्रममा भरतपुरमा निर्माणधिन राष्ट्रिय गौरवको आयोजनालाई निरन्तरतालाई प्रथामिकता दिइएको छ । त्यस्तै सहरी पूर्वाधार विकास अन्तरगत सडक तथा भवन निर्माणलाई अगाडि बढाउने नीति लिएको छ । महानगरपालिकालाई हरियाली, वातावरण मैत्री तथा खेलकु...

नारायणीमा आजदेखि जलसतह बढ्ने, नदी किनारमा नजान आग्रह

नारायणीमा आजदेखि जलसतह बढ्ने, नदी किनारमा नजान आग्रह
गैँडाकाेट । नारायणी र यसका साना सहायक नदीहरुमा आजदेखि जल सतह उल्लेख्य बढ्ने सम्भावना रहेकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । नारायणी र यसका साना सहायक नदीहरुमा जलसतह बढेर सतर्कता तह आसपास पुग्नसक्ने पूर्वानुमान महाशाखाको छ । त्यसैले नदी तटीय क्षेत्रका कृयाकलाप नगर्न वा गर्नुपर्ने भएमा उच्च सतर्कता अपनाउन महाशाखाले सूचना जारी गर्दै आग्रह गरेको हो । महाशाखाले जारी गरेको सूचनामा लेखिए अनुसार नारायणी जलाधा...

भृकुटी कागज कारखाना चलाउन गोल्छा समूहले लिएको ऋण चार अर्ब पुग्यो, तीन महिनामा लिलामी हुन सक्ने

भृकुटी कागज कारखाना चलाउन गोल्छा समूहले लिएको ऋण चार अर्ब पुग्यो, तीन महिनामा लिलामी हुन सक्ने
गैँडाकाेट । भृकुटी कागज कारखाना चलाउन गोल्छा अर्गनाइजेसनले सुरुवाती समयमा लिएको ऋण पछिल्लो डेढ दशकयता नतिर्दा चार अर्ब पुगेको छ ।गोल्छा अर्गनाइजेसनले तत्कालीन समयमा सम्पूर्ण जग्गा जमिनसहित निजीकरणको प्रक्रियाअनुसार कारखाना खरिद गरेको थियो । अर्गनाइजेशनका तर्फबाट कारखाना सञ्चालन तथा व्यवस्थापनको जिम्मेवारी दिवाकर गोल्छाले लिएका थिए । गोल्छा अर्गनाइजेशनमा अशंबण्डा हुँदा उद्योगको स्वामित्व दिवाकर गोल्छाको नाममा आएको थियो । अहिले दिवाकरको भने निधन भइसकेको छ । दिवाकरका दुई छोरा...

अक्सफोर्ड कलेजको आयोजनामा भएको कार्यक्रममा १३३ जनाद्धारा रक्तदान

अक्सफोर्ड कलेजको आयोजनामा भएको कार्यक्रममा १३३ जनाद्धारा रक्तदान
गैँडाकोट । बजारमा देखिएको रगतको अभावलाई न्यूनिकरण गर्ने गर्ने उदेश्यले पूर्वि नवलपरासीको गैँडाकोटमा रहेको अक्सफोर्ड कलेजले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।गैँडाकोट २ मा अवस्थित कलेज परिसरमा आज विहान प्राध्यापक र विद्यार्थीहरुको सहभागितामा भएको रक्तदान कार्यक्रममा ९९ जना पुरुष र ३४ जना महिलाले रक्तदान गरेको कार्यक्रमका संयोजक शिशिर कुंवरले जानकारी दिनुभयो । कार्यक्रममा प्रमुख अतिथि कलेजका प्राचार्य प्राध्यापक ई. हरि भण्डारीले पहिलो रक्तदाता भिमप्रसाद भण्डारीलाई रक्तसंकलन...

नेपालकै उत्कृष्ट सहकारी विकु बचत, सदस्य मात्रै सवा लाख !

नेपालकै उत्कृष्ट सहकारी विकु बचत, सदस्य मात्रै सवा लाख !
विकु बचत तथा ऋण गैरसरकारी संस्थाको स्कुलिङबाट जन्मिएको हो । विजय विकास स्रोत केन्द्रको तालिमपछि संस्थाको जन्म भएकाले सामाजिक विकास कार्यक्रम मार्फत अगाडी बढायौं । सदस्यको स्वास्थ्य र खुसी हाम्रो प्राथमिकता हो । त्यसैले कार्यक्रम डिजाइन गर्दा नै यसै अनुसार गर्छौ । बेस्ट र बिगेस्ट (बी२) सिद्धान्तमा हामी अघि बढेका छौं । हामीले संस्थाको स्वेतपत्र बनायौं, इनोभेसन र क्रियशनलाई फोकस गरेका छौं । बिकुमा कमजोर आर्थिक अवस्था भएका सर्वसाधारणलाई पनि समेटेका छौं । हाल सवा लाख सदस्य पुगे...

मूल्यवृद्धिको विरोधमा चितवनमा अखिल र युवासंघको विरोध प्रर्दशन(फोटो सहित)

मूल्यवृद्धिको विरोधमा चितवनमा अखिल र युवासंघको विरोध प्रर्दशन(फोटो सहित)
चितवन । पेट्रोलियम पदार्थमा गरिएको भारी मूल्यवृद्धिको विरोधमा चितवनमा युवा विद्यार्थीहरुले प्रदर्शन गरेका छन् ।जनताको ढाड सेक्नेगरी गरिएको मूूल्यवृद्धि तत्काल फिर्ता लिन माग गर्दै उनिहरुले भरतपुरको विरेन्द्र क्यामसगेट अगाडी प्रदर्शन गर्दै आधाघण्टा चक्काजाम गरेका हुन् । नेकपा एमाले निकट अनेरास्ववियू चितवन र राष्टिय युवासंघ चितवनले संयुक्त रुपमा विरोध प्रर्दशन गरेका हुन् । लुटतन्त्र बन्द गर, मूूल्यवृद्धि फिर्ता गर, मापासे सरकार राजिनामा दे, बलात्कारीलाई कारबाही गर लगायतका प्...

नवलपुरको कावासोती र देवचुलीमा औद्योगिक क्षेत्रका लागि जग्गा नापी

नवलपुरको कावासोती र देवचुलीमा औद्योगिक क्षेत्रका लागि जग्गा नापी
नवलपुर । नवलपुरको कावासोती–१ र देवचुली–१५ मा प्रस्तावित प्रादेशिक औद्योगिक क्षेत्रका लागि जग्गा प्राप्ति गर्न नापी सुरुआत गरिएको छ ।लोकाहा क्षेत्रमा प्रादेशिक औद्योगिक क्षेत्र निर्माण गर्ने योजनाअनुसार अहिले पहिलो चरणमा क्षेत्रफल निर्धारण र औद्योगिक क्षेत्रका लागि जग्गा नापी सुरु गरिएको हो । लोकाहा क्षेत्रमा करिब १८० बिघा जग्गा रहेको र यो जग्गा औद्योगिक क्षेत्रको लागि छुट्याउन अहिले नापीको काम चलिरहेको नापी कार्यालय नवलपुरका नापी अधिकृत धर्मेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । ...