चितवन । पेट्रोलियम पदार्थमा गरिएको भारी मूल्यवृद्धिको विरोधमा चितवनमा युवा विद्यार्थीहरुले प्रदर्शन गरेका छन् ।जनताको ढाड सेक्नेगरी गरिएको मूूल्यवृद्धि तत्काल फिर्ता लिन माग गर्दै उनिहरुले भरतपुरको विरेन्द्र क्यामसगेट अगाडी प्रदर्शन गर्दै आधाघण्टा चक्काजाम गरेका हुन् । नेकपा एमाले निकट अनेरास्ववियू चितवन र राष्टिय युवासंघ चितवनले संयुक्त रुपमा विरोध प्रर्दशन गरेका हुन् ।

लुटतन्त्र बन्द गर, मूूल्यवृद्धि फिर्ता गर, मापासे सरकार राजिनामा दे, बलात्कारीलाई कारबाही गर लगायतका प्लेकार्ड सहित उनिहरुले प्रदर्शन गरेका हुन् ।प्रदर्शनका क्रममा युवा विद्यार्थीहरुले प्रधानमन्त्री शेर बहादुर देउवा तथा अर्थमन्त्री जर्नाधन शर्माको पुत्ला दहन समेत गरे । सो क्रममा प्रहरीले पुत्ला खोस्ने प्रयास गरेपनि विद्यार्थीहरुको संख्या ठुलो देखेपछि प्रहरी हटेको थियो ।

विरोध प्रदर्शनको नेतृत्व अनरास्वियूका स्थायी कमिटि सदस्य तथा जिल्ला इन्चार्ज प्रकाश भट्ट सहइन्चार्ज प्रकाश आचार्य, राष्टिय युवासंघ चितवनका अध्यक्ष शंकर अधिकारी, राष्टिय युवासंघ नेपालका केन्द्रिय सचिवालय सदस्य अस्मिन घिमिरे, अनेरास्विवियूका चितवनका संयोजक अमित गुप्ता लगायतले गरेका थिए ।

तपाईको प्रतिक्रिया