×

नवलपुर विशेष

गैँडाकाेटमा विपि अन्तराष्ट्रिय खेलग्राम स्थापना गर्ने सरकारकाे घाेषणा

गैँडाकाेटमा विपि अन्तराष्ट्रिय खेलग्राम स्थापना गर्ने सरकारकाे घाेषणा
गैँडाकोट । गैँडाकोटमा विपि कोइराला अन्तराष्ट्रिय स्तरको खेलग्राम स्थापना हुने भएको छ । मंगलबार संसदको संयुक्त सदनमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले प्रत्येक प्रदेशमा नै प्रशिक्षण सुविधा सहितको अन्तराष्ट्रियस्तरको खेलग्राम स्थापना गरिने बताउनु भयो । यस्तै चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको निर्माणको कामलाई टुंगोमा पुर्याउन सम्मन्वय गरिने र सहजिकरण गरिने नीति तथा कार्यक्रममा घोषणा गरिएको छ ।

गैँडाकोट वडा नं. ९ का अध्यक्ष सापकोटाद्धारा पदभार ग्रहण

गैँडाकोट वडा नं. ९ का अध्यक्ष सापकोटाद्धारा पदभार ग्रहण
नवलपुर । गैँडाकोट नगरपालिका वडा नं. ९ का नवनिर्वाचित अध्यक्ष धामनाथ सापकोटाले आज पदभार ग्रहण गर्नुभएको छ ।गैँडाकोट नगरपालिका वडा नं. ९ को कार्यालयमा आयोजित एक समारोहका विच वडा अध्यक्ष सापकोटाले पदभार ग्रहण गर्नुभएको हो ।उहाँसगै नवनिर्वाचित वडा सदस्यहरु ज्ञानप्रसाद खनाल, गमता भट्टराई (पाण्डे),दिनेश कुमाल र विन्दुमाया विकले पदभार ग्रहण गर्नुभएको हो । कार्यक्रममा बोल्दै नवनिर्वाचित वडाअध्यक्ष सापकोटाले चुनावका बेला गरेका प्रतिवद्धताहरु पुरागर्ने गरि आफुु र आफ्नो टिमले काम गर्...

गैंडाकोट २ का वडाअध्यक्ष सापकोटाद्वारा पदभार ग्रहण

गैंडाकोट २ का  वडाअध्यक्ष सापकोटाद्वारा पदभार ग्रहण
गैंडाकोट । गैंडाकोट २ का वडा अध्यक्ष प्रकास सापकोटाले कार्य शुभारम्भ गर्नुभएको छ । सोमवार वडा नं। २ को कार्यालयमा एक समारोहको आयोजना गरि सापकोटाले आफ्नो नियमित कार्यको शुभारम्भ गर्नुभएको हो । यसअघि शुक्रबार साँझ उहाँले वडाअध्यक्षका रुपमा पदभार ग्रहण गर्नुभएको थियो । उहाँसँगै वडाका नवनिर्वाचित वडा सदस्यहरुले समेत जिम्मेवारी सम्हाल्नु भएको छ । जसमा वडा सदस्यहरु खगराज आचार्य, काशीराज अर्याल, सीता श्रेष्ठ र सकिला हिलाल परियार रहनुभएको छ ।

गैंडाकोट १ का वडा अध्यक्ष रेग्मीद्वारा पदभार ग्रहण

गैंडाकोट १ का वडा अध्यक्ष रेग्मीद्वारा पदभार ग्रहण
गैंडाकोट । गैंडाकोट १ का नवनिर्वाचित वडा अध्यक्ष सुरेन्द्र प्रसाद रेग्मीले पदभार ग्रहण गर्नुभएको छ । सोमवार मिलनचोक स्थित वडा कार्यालयमा एक समारोहको आयोजना गरि रेग्मीले पदभार ग्रहण गर्नुभएको हो । बैद्धिक विधि पूर्वक गरिएको समारोहमा पूर्व वडा अध्यक्ष हरिप्रसाद सापकोटाले उहाँलाई न्यायिक समितिको बही हस्तान्तरण गरि पदभार ग्रहण गराउनु भएको थियो । उहाँसँगै वडाका नवनिर्वाचित सदस्यहरुले समेत जिम्मेवारी सम्हाल्नु भएको छ । कार्यक्रममा केही बुदाहरु सहितको निर्णय पुस्तिकामा हस्ताक्षर ...

फलोअप : चितवनमा बाघको आक्रमणबाट महिलाको मृत्यु

फलोअप : चितवनमा बाघको आक्रमणबाट महिलाको मृत्यु
चितवन – चितवनको बाटुली पोखरी सामुदायीक वनमा घाँस काट्न गएकी एक महिलाको बाघको आक्रमणबाट मृत्यु भएको छ । भरतपुर महानगरपालिका वडा नम्बर १३ स्थित सामुदायीक बनमा घाँस काट्न गएकी स्थानीय ५२ वर्षिया फुलकुमारी बोटेको शब भेटिएको हो । उनलाई आज दिउँसो २ वजे बाघले आक्रमण गरेको थियो । बाघको आक्रमण गरेपछि सो क्षेत्रमा हात्ती प्रयोग गरेर उनको खोजी गरिएको थियो । हात्ती सहितको टोलिद्धारा बोटेको खोजी पछि साँझ बन क्षेत्रमा उनको शब फेला परेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेश प्...

गैँडाकोट सहित नवलपुरका विभिन्न स्थानमा नक्कली सुन बेच्ने २ जना पक्राउ

गैँडाकोट सहित नवलपुरका विभिन्न स्थानमा नक्कली सुन बेच्ने २ जना पक्राउ
नवलपुर । नवलपुरमा नक्कली सुन बेच्ने दुईजना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा उत्तरप्रदेश गोरखपुर घर भएका ३९ वर्षका रामप्रकाश चौधरी र भारत विहार घर भएका २४ वर्षका रुदीपक कुमार जैसवाल रहेको प्रहरीले जनाएको छ । नवलपुरको गैँडाकोट, दलदले, कावासोती र डण्डा बजारमा रहेका सुनचाँदी पसलहरुमा सुन जस्तो देखिने पँहेलो धातुबाट बनेका नक्कली गरगहनाहरु बिक्री गरि ठगी गरेको सूचना प्राप्त भएपछि प्रहरीले उनिहरुको खोजतलास सुरु गरेको थियो ।पक्राउ परेका दुवैजनलाई अदालतबाट ...

गठवन्धनलाई हराउँदै नवलपुरमा एमाले बन्यो पहिलो पार्टी

गठवन्धनलाई हराउँदै नवलपुरमा एमाले बन्यो पहिलो पार्टी
गैँडाकोट । वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा नवलपुरमा नेकपा एमालेले ठुलो सफलता प्राप्त गरेको छ । जिल्लामा स्थानीय तहको निर्वाचनको मतपरिणाम सार्वजनिक भएसँगै नेकपा एमाले नवलपुरको सबैभन्दा ठुलो दल बन्न सफल भएको छ ।नवलपुरका आठ स्थानीय तहहरु मध्ये ६ वटा स्थानीय तहमा नेकपा एमालेले विजयी हाँसिल गरेको छ । जिल्लाको देवचुली नगरपालिका, कावासोती नगरपालिका, मध्यविन्दुु नगरपालिका, विनयीत्रिवेणी गाउँपालिका र बौदीकाली गाउँपालिकामा नेकपा एमालेले प्रमुख र उपप्रमुख दुवै पद जितेको ...

मध्यविन्दुमा प्रमुख – उपप्रमुखमा एमाले विजयी

मध्यविन्दुमा प्रमुख – उपप्रमुखमा एमाले विजयी
नवलपुर । नवलपुरको मध्यविन्दु नगरपालिकामा प्रमुख , उपप्रमुख दुवैमा नेकपा एमाले विजयी भएको छ । प्रमुखमा एमालेका भिमलाल अधिकारी र उपप्रमुखमा पुर्णकला चौधरी विजयी हुनुभएको हो । अधिकारीले काङ्ग्रेसका उम्मेदवार सुर्य गुरुङलाई १५६७ को फराकिलो मतान्तरले पराजित गर्नुभयो । अधिकारीले १६२१२ र गुरुङले १४६४५ मत पाउनुभयो । यस्तै उपप्रमुखमा एमालेकि चौधरीले १५४१ मतान्तरले काङ्ग्रेसकि टीका कुमारी महतोलाई पराजित गर्नुभएको छ । चौधरीले १६१०५ र महतोले १४५६४ मत पाउनुभयो ।

एमालेका केन्द्र, जिल्ला तथा प्रदेशका नेताहरु बस्ने वडामै उमेदवारहरु पराजित

एमालेका केन्द्र, जिल्ला  तथा प्रदेशका नेताहरु बस्ने वडामै उमेदवारहरु पराजित
गैँडाकोट । वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचन २०७९ अन्तर्गत गैँडाकोट नगरपालिकामा रहेका नेकपा एमालेका शिर्ष नेताहरु बसोबास गर्ने वडाहरुमै नेकपा एमालेका उमेदवारहरु पराजित भएका छन् ।गैँडाकोट नगरपालिका वडा नं. १, २, ४, र ८ मा नेकपा एमालेका केन्द्र देखि प्रदेश तथा जिल्ला स्तरका नेकपा एमालेका नेताहरुको बसोबास छ । नेताहरु रहेका यीनै वडाहरुमा नेकपा एमालेका उमेदवारहरुले विजयी हाँसील गर्न सकेनन् । गैँडाकोट नगरपालिका वडा नं. १ मा नेकपा एमालेका केन्द्रीय सदस्य कृष्ण पौडेल , नग...