आइतबारदेखि मुग्लिन-पोखरा सडक दैनिक पाँच घण्टा बाटो बन्द हुने
नवलपुर । दैनिक पाँच घण्टा बाटो बन्द गरेर पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन-पोखरा सडकखण्ड विस्तार कार्यलाई अघि बढाइने भएको छ।तनहुँस्थित याम्पाफाँट-घाँसीकुवा सडक खण्डबाट काम सुरू गर्न लागिएको छ।मुग्लिङ-पोखरा सडक योजना तनहुँका आयोजना प्रमुख नरेन्द्र सुवेदीका अनुसार जेठ २२ गतेदेखि सडकखण्ड विस्तार गर्न लागिएको छ।
आइतबारदेखि राति ११ बजेदेखि बिहान ४ बजेसम्म पाँच घण्टा मुग्लिङ-पोखरा सडकखण्डमा सवारी साधन रोकेर सडक विस्तार काम सुरू हुने उनले बताए।अर्को सूचना जारी नहुन्जेल राति ११ बजेद...
