नवलपुर।नवलपुरको कावासोतीमा एक बृद्ध मृत फेला परेका छन् । कावासोती नगरपालिका वडा नं. २ भाटटोल बस्ने ८२ बर्षका जित बहादुर कानु मगर मृत फेला परेको प्रहरीले जनाएको छ ।
कावासोती बजार जान्छु भनेर घरबाट निस्किएका उनि आज नजिकैको शिव मावीको कम्पाउण्ड बाहिर मृत अवस्थामा भेटिएका हुन् ।
उनको मृत्युको कारण खुल्न सकेको छैन । प्रहरीले घटनाका सम्वन्धमा अनुसन्धान गरिरहेको छ ।



उज्यालो खबर




