×

नवलपुर विशेष

परासीमा अदालत परिसरमा गोली चल्यो

परासीमा अदालत परिसरमा गोली चल्यो
बुटवल । नवलपरासी पश्चिमको सदरमुकाम परासी बजारस्थित जिल्ला अदालत परिसरमा गोली चलेको छ ।अंश मुद्दाका झगडिया सरावल गाउँपालिका–४ मंगलापुरका ३२ वर्षीय हर्षराम यादवले आफ्नी काकी रोशनी यादवलाई लक्षित गरेर गोली हानेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ऋषिराम कँडेलले बताए । यद्यपि गोली कसैलाई लागेको छैन ।प्रहरीका अनुसार अंश मुद्दामा उनीहरुबीच सोमबार मिलापत्र गर्ने तयारी थियो । गोली चलाउने हर्षरामको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

आयोगले असारदेखि मतदाता नामावली सङ्कलन गर्ने

आयोगले असारदेखि मतदाता नामावली सङ्कलन गर्ने
काठमाडौँ । निर्वाचन आयोगले सङ्घ र प्रदेश निर्वाचनलाई लक्षित गरी असार १ देखि मतदाता नामावली सङ्कलन गर्ने भएको छ ।स्थानीय तहको निर्वाचनअघि स्थानीय तहमै पुगेर मतदाता नामावली सङ्कलन गर्दा पनि नाम छुटेको गुनासो आएपछि आयोगले पुनः नामावली सङ्कलन गर्न लागेको हो । मतदाता नामावली आफू बसेकै जिल्लाबाट भर्न सकिने आयोगले जनाएको छ । उक्त विवरण स्थायी बसोबास भएको जिल्लामा पठाउन लागेको हो । फोटोसहितको नामावली जिल्ला प्रशासन, इलाका प्रशासन र जिल्ला निर्वाचन कार्यालयमा भर्न सकिने आयोगले जनाए...

गैँडाकोट ईङ्लिस स्कुुलका विद्यार्थीहरुद्धारा धार्मिक क्षेत्रमा सरसफाइ

गैँडाकोट ईङ्लिस स्कुुलका विद्यार्थीहरुद्धारा धार्मिक क्षेत्रमा सरसफाइ
सुस्मा न्यौपाने नवलपुर । विश्व वातावरण दिवशको अवसरमा नवलपुरमा विद्यार्थीहरुले धार्मिक क्षेत्रमा सरसफाई गरेका छन् ।गैँडाकोट ईङ्लिस स्कुलका विद्यार्थीहरुले प्रसिद्ध धार्मिक तिर्थस्थलको रुपमा परिचित मौलाकालिका मन्दिर जाने मुल सडकको सरसफाई गरेका हुन् । कक्षा ६ देखि ९ सम्मका  विद्यार्थीहरु सरसफाइ अभियानमा सहभागि भएको विद्यालयका सूचनाप्रविधि विभाग प्रमुख हरिशचन्द्र खरेलले जानकारी दिनुभयो ।सडकमा रहेका प्लाष्टिकजन्य फोहोरलाई डस्टविनहरुमा ब्यवस्थापन गरिएको थियो । विद्यालयको...

राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ गैँडाकोट नगरकमिटीको अध्यक्षमा विमल पौडेल चयन

राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ गैँडाकोट नगरकमिटीको अध्यक्षमा विमल पौडेल चयन
गैँडाकोट । नेकपा एमाले निटक स्वास्थ्यकर्मीहरुको संगठन राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ गैँडाकोट नगरकमिटिको अध्यक्षमा विमल पौडेल चयन हुनुभएको छ ।राष्ट्रिय स्वास्थ्यकर्मी महासंघका केन्द्रीय सदस्य जागेश्वर भूसालको प्रमुख आतिथ्यतामा गैँडाकोटमा भएको प्रथम नगर अधिवेशनले पौडेलको अध्यक्षतामा आगामी तीन वर्षका लागि ७ सदस्यीय नगरकमिटी सर्वसम्मत चयन गरेको हो । कमिटीको उपाध्यक्षमा सरला कुमाल, सचिवमा डा. सन्तोष सुवेदी, कोषाध्यक्षमा भागीरथी पोखरेल र सदस्यहरुमा तुलसी अधिकारी र विनोद पौडेल ...

चितवनमा एक वर्षमा जङ्गली जनावरको आक्रमणमा २२ जनाको मृत्यु

चितवनमा एक वर्षमा जङ्गली जनावरको आक्रमणमा २२ जनाको मृत्यु
चितवन । चितवन राष्ट्रिय निकुञ्ज र आसपासका मध्यवर्ती क्षेत्रमा घाँस दाउरा गर्न तथा बस्तु चराउन गएका २२ जनाको जङ्गली जनावरको आक्रमणबाट मृत्यु गएको छ ।चालू आर्थिक वर्षमा निकुञ्ज सुरक्षामा खटिँदा, घाँस दाउरा गर्न जाँदा, पूजा गर्न जाँदा, पर्व मनाएर घर फर्कदै गर्दा जङ्गली जनावरको आक्रमणमा परी विभिन्न समयमा उनीहरुको मृत्यु भएको हो । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार चालू आर्थिक वर्षमा सबैभन्दा बढी बाघको आक्रमणबाट मानवीय क्षति भएको छ । बाघको आक्रमणबाट १३ जनाको मृत...

रुपन्देहीकाे रोहिणी पुलबाट खोलामा बस खस्दा ९ जनाको मृत्यु

रुपन्देहीकाे रोहिणी पुलबाट खोलामा बस खस्दा ९ जनाको मृत्यु
बुटवल । परासी-भैरहवा सडकखण्डअन्तर्गत रुपन्देहीको रोहिणी गाउँपालिकाको रोहिणी पुलबाट खोलामा बस खस्दा ९ जनाको मृत्यु भएको छ ।जनकपुरबाट भैरहवातर्फ आउँदै गरेको लु२ख ३८४१ नम्बरको बस रोहिणी पुलबाट खोलामा खसेर दुर्घटना भएको हो । आइतबार बिहान करिब साढे ४ बजे भएको दुर्घटनामा बसमा सवार ३२ जना यात्रु घाइते भएका थिए । घाइतेमध्ये उपचारको क्रममा पाँच जनाको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा र ४ जनाको भीम अस्पताल भैरहवामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता नवरत्न पौड...

भैरहवा नजिकै रात्रिबस दुर्घटना

भैरहवा नजिकै रात्रिबस दुर्घटना
भैरहवा — जनकपुरबाट भैरहवातर्फ जाँदै गरेको यात्रुसहितको बस आइतबार बिहान भैरहवा-परासी हुलाकी राजमार्ग खण्डमा दुर्घटनामा परेको छ ।दुर्घटनामा कति जनाको मृत्यु भयो भन्नेबारे प्रमाणित रुपमा खुल्न बाँकी छ । सुरक्षाकर्मी र स्थानीयको उद्धारमा करिब ३ दर्जन घाइते यात्रुलाई उद्धार गरी अस्पतालमा पुर्‍याइएको छ । लु २ ख ३८४१ नम्बरको उक्त रात्रिकालीन बस आइतबार बिहान पौने ५ बजेतिर भैरहवा नजिकैको रोहिणी खोलाको पुलबाट तल खोलामा खसेको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निर...

चोरमारा पुल मर्मतका लागि ६ घण्टा यातायात संचालनमा रोक

चोरमारा पुल मर्मतका लागि ६ घण्टा यातायात संचालनमा रोक
कावासोती । नवलपरासी पूर्व नवलपुरको मध्यविन्दु नगरपालिकामा अवस्थित पूर्व पश्चिम राजमार्गमा रहेको चोरमारा पुल मर्मतका लागि यातायात संचालनमा रोक लगाइएने भएको छ । आज  विहान ८ बजे देखि दिउसो २ बजे सम्मका लागि सो खण्डमा यातायात संचालनमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालय नवलपरासी पूर्वले जनाएको छ । चोरमारा स्थित गिरुवारी खोलामा रहेको पुलको बिच भागमा प्वाल परेकोला यातायात संचालनमा जोखिम रहेकाले यसको मर्मत गर्न लागिएको हो । यातायात संचालनकै अवस्थामा पुल मर्मत गर्न कठिन हुने भएकाल...

आइतबारदेखि मुग्लिन-पोखरा सडक दैनिक पाँच घण्टा बाटो बन्द हुने

आइतबारदेखि मुग्लिन-पोखरा सडक दैनिक पाँच घण्टा बाटो बन्द हुने
नवलपुर । दैनिक पाँच घण्टा बाटो बन्द गरेर पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन-पोखरा सडकखण्ड विस्तार कार्यलाई अघि बढाइने भएको छ।तनहुँस्थित याम्पाफाँट-घाँसीकुवा सडक खण्डबाट काम सुरू गर्न लागिएको छ।मुग्लिङ-पोखरा सडक योजना तनहुँका आयोजना प्रमुख नरेन्द्र सुवेदीका अनुसार जेठ २२ गतेदेखि सडकखण्ड विस्तार गर्न लागिएको छ। आइतबारदेखि राति ११ बजेदेखि बिहान ४ बजेसम्म पाँच घण्टा मुग्लिङ-पोखरा सडकखण्डमा सवारी साधन रोकेर सडक विस्तार काम सुरू हुने उनले बताए।अर्को सूचना जारी नहुन्जेल राति ११ बजेद...