×

नवलपुर विशेष

एमाले नवलपुरले भन्याे : अनेरास्ववीयुका दुवै जिल्ला कमिटी अवैधानिक

एमाले नवलपुरले भन्याे : अनेरास्ववीयुका दुवै जिल्ला कमिटी अवैधानिक
नवलपुर । नेकपा एमाले निकट अनेरास्ववीयु नवलपुरमा विवाद देखिएपछि अनाधिकृत गतिविधि नगर्न पार्टीले निर्देशन गरेको छ । पार्टी जिल्ला सचिव एवम् जनसंगठन समन्वय सयन्त्र प्रमुख भिमलाल अधिकारीले अनाधिकृत रुपमा अनेरास्ववीयु नवलपुर कमिटीको नाममा सामाजिक सञ्जालमा प्रचार प्रसार भइरहेको भन्दै त्यस्तो गतिविधि रोक्न ध्यानाकर्षण गराएका हुन् । नवलपुरमा अनेरास्वीयुको दुई वटा कमिटी घोषणा भएको छ । सुरज सापकोटा र बिष्णु पौडले अध्यक्ष रहेको छुट्टाछुट्टै कमिटी घोषण भएपछि पार्टी जिल्ला कार्यालयमा य...

नवलपुरमा ५४ लाख बढीको कपडा र चिनी बरामद

नवलपुरमा ५४ लाख बढीको कपडा र चिनी बरामद
सुस्मा न्यौपाने नवलपुर । नवलपुरमा प्रहरीले भन्सार छलेर ल्याएको ठुलो परिमाणमा  कपडा र चिनी बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार मध्यविन्दु नगरपालिका वडा नं. १० अरुणखोला बजारबाट अवैध समान बरामद गरिएको हो । पश्चिमबाट पूर्वतर्फ जान आउँदै गरेको लु २ ख ६३७ नम्बरको ट्रकमा ल्याउँदै गरेको अवस्थामा १९१७ पिस सर्ट र ४१८ बोरा चिनी बरामद गरिएको नवलपुर प्रहरीले जनाएको छ । कपडा र चिनीको बजारमुल्य करिव ५४ लाख ३६ हजार बराबरको हुन आउने प्रहरीको भनाइ छ । बरामद भएको समान ...

सबै जना सतर्क नभए देश श्रीलंकाभन्दा तल पुग्ने अवस्थामा छः ओली

सबै जना सतर्क नभए देश श्रीलंकाभन्दा तल पुग्ने अवस्थामा छः ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकारको कारण देश श्रीलंका बाटो लागेको बताएका छन् । यसकारण सबैजना सतर्क हुनुपर्ने अवस्था आएको उनको भनाइ छ । पार्टीको केन्द्रीय प्रचार तथा प्रकाशन विभागले सोमबार आयोजना गरेको सम्पादकहरूसँगको अन्तरक्रियामा ओलीले त्यस्तो बताएका हुन् । ओलीले यस सरकारका अर्थमन्त्रीले अनाधिकृत तरिकाबाट बजेट निर्माण, कमिसनको खेलमा हतियार खरिद प्रकरण जस्ता पृष्ठभूमिले देशको अर्थतन्त्र श्रीलंकाको भन्दा तल पुग्ने खतरा देखिएको दाबी गरे । ‘बज...

गैँडाकोट ४ का गैरे मौलाकालिका बनमा मृत अवस्थामा भेटिए

गैँडाकोट ४ का गैरे मौलाकालिका बनमा मृत अवस्थामा भेटिए
गैँडाकोट । नवलपुरको गैँडाकोट ४ का ४६ बर्षका  लुमकान्त गैरे मृत अवस्थामा भेटिएका छन् । मौलाकालिका सामुदायिक वनमा गैरे मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय गैँडाकोटले जनाएको छ । असार २१ गतेदेखि हराइरेहका गैरे गैँडाकोट १ को मौलाकालिका सामुदायिक वनको मोहन चौतारीदेखि केहि भित्र भोटेखोला क्षेत्रमा मृत अवस्थामा फेला परेका हुन् । विहान स्थानीयले शव देखेपछि प्रहरीलाइ खबर गरेका थिए । भरतपुर अस्पतालमा पोष्ट मार्टम गरेपछि शव आजै परिवारले बुझेको प्रहरीले जनाएको छ ।

नवलपुरको विनयीत्रिवेणीबाट हराएका बालक मृतअवस्थामा भेटिए

नवलपुरको विनयीत्रिवेणीबाट हराएका बालक मृतअवस्थामा भेटिए
नवलपुर । नवलपुरको विनयीत्रिवेणीबाट असार १५ गतेदेखि हराइरहेका २१ महिने बालक मृत अवस्थामा भेटिएका छन् । विनयीत्रिवेणी गाँउपालिका वडा नं. ७ शिवपुरगढीबाट हराएका मनी थापाका २१ महिनाका छोरा प्रज्वल थापा हराएको ९ दिनपछि आज मृतअवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय दुम्कीबासले जनाएको छ । घरभन्दा ४ किलोमिटर टाढा गण्डक नहर नजिकैको साईफनमा उनको शव भेटिएको हो । प्रहरीका अनुसार शव सडेको अवस्थामा पानीमा तैरिएर बसेको थियो । घर नजिकबाट बगेको कुलोमा परेर बालकलाई बगाएर टाढा पुर्याएको हु...

नवलपुरमा साढे १६ क्वीन्टल लसुन बरामद

नवलपुरमा साढे १६ क्वीन्टल लसुन बरामद
गैँडाकोट । नवलपुरमा अवैध रुपमा ल्याइएको साढे १६ क्वीन्टल लसुन प्रहरीले पक्राउ गरेको छ । पश्चिमबाट पूर्व तर्फ आँदै गरेको लु२ ख २३५१ नं बस चेकजाँच गर्ने क्रममा जिल्लाको चालिसकिलो भन्ने स्थानबाट सो लसुन बरामद गरिएको हो । खरिद विल नभएको अवस्थामा बरामद भएको लसुुनलाई आजै आवश्यक कारबाहीको लागि त्रिवेणी भन्सार कार्यालय पठाइएको छ । बरामद गरिएको लसुनको मुल्य दुई लाख सच्चालिस हजार पांच सय बराबरको रहेको प्रहरीले जनाएको छ ।

नारायणगढ-बुटवल सडकः म्याद सकिन एक महिना बाँकी,एक चौथाइ पनि भएन काम

नारायणगढ-बुटवल सडकः म्याद सकिन एक महिना बाँकी,एक चौथाइ पनि भएन काम
नवलपुर । नारायणगढ–बुटवल सडक विस्तार कार्य सम्पन्न गर्ने म्याद एक महिनामात्र बाँकी रहँदा एक चौथाइसमेत काम हुन सकेको छैन । २०७५ सालमा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन लिमिटेडले सडक विस्तारको काम ४२ महिनामा सक्ने गरी सम्झौता भएको थियो । तर ४१ महिना बित्दा करिब १९ प्रतिशत मात्र काम सम्पन्न भएको छ । अबको एक महिना अर्थात् २२ साउनभित्र सक्ने गरी निर्माणको जिम्मा लिएको कम्पनीले निर्माण सम्पन्न गर्ने म्याद एक वर्ष थप गर्न निवेदन दिएको छ । तर सो निवेदनको विषयमा कुनै नि...

लागुऔषध मुद्धाका फरार आरोपी गैँडाकोटका ७० बर्षीय बृद्ध पक्राउ

लागुऔषध मुद्धाका फरार आरोपी गैँडाकोटका ७० बर्षीय बृद्ध पक्राउ
गैँडाकोट । लागुुऔषध मुद्धामा १० महिना कैद सजाय फैसला भै फरार भएका नवलपुरको गैँडाकोटका ७० बर्षका बृद्ध पक्राउ परेका छन् । गैँडाकोट नगरपालिका वडा नं. १ घर भएका ७० बर्षका प्रेम बहादुर थापालाई प्रहरीले पक्राउ गरेको हो । मिति २०७५ साल असार २० गते १० महिना ७ दिन कैद सजाय फैसला भै फरार भएका उनलाई प्रहरीको विशेष टोलीले पक्राउ गरेको हो । पक्राउ परेका थापालाई आजै कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।

आउँदो आइतवार देशैभर सार्वजनिक बिदा

आउँदो आइतवार देशैभर सार्वजनिक बिदा
नवलपुर । सरकारले आउँदो आइतवार देशैभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । २६ गते आइतवार इस्लाम धर्मावलम्बीहरूको पर्व बकर ईद (ईद उल अजाहा) को दिन सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ ।