×

गैँडाकोट । नवलपुरमा अवैध रुपमा ल्याइएको साढे १६ क्वीन्टल लसुन प्रहरीले पक्राउ गरेको छ । पश्चिमबाट पूर्व तर्फ आँदै गरेको लु२ ख २३५१ नं बस चेकजाँच गर्ने क्रममा जिल्लाको चालिसकिलो भन्ने स्थानबाट सो लसुन बरामद गरिएको हो ।

खरिद विल नभएको अवस्थामा बरामद भएको लसुुनलाई आजै आवश्यक कारबाहीको लागि त्रिवेणी भन्सार कार्यालय पठाइएको छ । बरामद गरिएको लसुनको मुल्य दुई लाख सच्चालिस हजार पांच सय बराबरको रहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया