गैँडाकोट । लागुुऔषध मुद्धामा १० महिना कैद सजाय फैसला भै फरार भएका नवलपुरको गैँडाकोटका ७० बर्षका बृद्ध पक्राउ परेका छन् ।
गैँडाकोट नगरपालिका वडा नं. १ घर भएका ७० बर्षका प्रेम बहादुर थापालाई प्रहरीले पक्राउ गरेको हो ।

मिति २०७५ साल असार २० गते १० महिना ७ दिन कैद सजाय फैसला भै फरार भएका उनलाई प्रहरीको विशेष टोलीले पक्राउ गरेको हो । पक्राउ परेका थापालाई आजै कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया