×

नवलपुर विशेष

असार १ गतेदेखि चितवन राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी बन्द

असार १ गतेदेखि चितवन राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी बन्द
चितवन ।  चितवन राष्ट्रिय निकुञ्जले निकुञ्जभित्र गरिने पर्यटकीय गतिविधि यही असार १ गतेदेखि बन्द गर्नेभएको छ । निकुञ्जभित्र गरिने जङ्गल सफारी, जङ्गल वाकलगायत गतिविधि बन्द गर्न लागिएको हो । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार मनसुन सुरु भएसँगै निकुञ्जभित्रका कच्ची वनपथ बिग्रने, जङ्गलमा भएका स–साना खोला खोल्सामा बाढी आउने तथा रूख लडेर बाटो अवरुद्ध हुन सक्ने भएकाले गतिविधिमा रोक लगाइएको हो । उहाँले भन्नुभयो, “अर्को सूचना जारी नभएसम्मका लागि पर्यटकीय गतिविधि बन्द ...

गैँडाकोट ९ मा भएको निशुल्क स्वास्थ्य शिविरमा ३६० जनाको स्वास्थ्य परिक्षण

गैँडाकोट ९ मा भएको निशुल्क स्वास्थ्य शिविरमा ३६० जनाको स्वास्थ्य परिक्षण
गैंडाकोट । नवलपुरको गैंडाकोट ९ मा भएको निशुल्क स्वास्थ्य शिविरमा ३६० जनाले स्वास्थ्य परिक्षण गराएका छन् । आधारभुत स्वास्थ्य सेवा केन्द्र गैंडाकोट ९ को आयोजना एवं नवजागरण ग्रामिण विकास केन्द्र र टोल विकास संस्था गैंडाकोट ९ को समन्वयमा भएको सिविरमा ३६० जनाले स्वास्थ्य जाँच गरएको गैँडाकोट नगरपालिका वडा नं. ९ का अध्यक्ष धामनाथ सापकोटाले जानकारी दिनुभयो । स्वास्थ्य शिविरमा २५१ जना महिलाले पाठेघरको परिक्षण, ६१ जनाले भीआइए परिक्षण र १५० जना महिलाले अल्टासाउण्डको सेवा लिएको उहाँले...

राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालको स्थापना दिवशकाे अवसरमा  सरसफाइ

राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालको स्थापना दिवशकाे अवसरमा  सरसफाइ
गैँडाकोट । राष्टिय स्वास्थ्यकर्मी महासंघ नेपालको १७ औं स्थापना दिवशको अवसरमा राष्टिय स्वास्थ्यकर्मी महासंघ गैँडाकोट नगर कमिटीले आज सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ ।स्थापना दिवशको अवसरमा गैँडाकोट नगरपालिका वडा नं ११ मा रहेको गैँडाकोट नगरअस्पताल परिसरमा सरसफाइ गरिएको हो । स्वास्थ्यकर्मी महासंघ गैँडाकोट नगर कमिटीका अध्यक्ष बिमल पौडेलको अध्यक्षमा भएको कार्यक्रममा स्वास्थ्यकर्मी महासंघ गण्डकी प्रदेशका  सदस्य  डा.कृष्ण रेग्मी, गैँडाकोट नगरपालिका वडा नं.११ का अध्यक्ष गोविन्द...

आँबुखैरेनीमा सडक भासियो , पाेखरा जाने यातायात अवरुद्ध

आँबुखैरेनीमा सडक भासियो , पाेखरा जाने यातायात अवरुद्ध
तनहुँ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ साँखरस्थित ड्याम नजिक सडक भाँसिदा दुईतर्फी सवारी आवागमन अवरुद्ध भएको छ । गए रातिदेखि परेको अविरल वर्षाका कारण सडकको भाग भाँसिएको हो । सडकको भाग तलबाट भाँसिएकाले बेलिब्रिज नराखेसम्म सवारी आवतजावतमा सम्भव नदेखिएको तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए । तत्काल मर्मतसम्भार पनि गर्न नसक्ने भएपछि जताबाट आएको त्यतैतर्फ सवारीसाधान फर्काइएको उनले बताए । करिब २० मिटर सडक भाँसिएको प्रहरीले जनाएको छ ...

गैँडाकोट ८ का एमाले अध्यक्ष चालिसेको प्रष्टीकरण :आरोप प्रमाणित भए कारवाही भोग्न तयार छु

गैँडाकोट ८ का एमाले अध्यक्ष चालिसेको प्रष्टीकरण :आरोप प्रमाणित भए कारवाही भोग्न तयार छु
गैँडाकोट । नेकपा एमाले गैँडाकोट वडा नं. ८ का अध्यक्ष श्रीहरी चालिसेले स्थानीय निकायको निर्वाचनका क्रममा भएको विषयलाई लिएर आफुप्रति लगाइएको आरोपको खण्डन गर्नुभएको छ ।गैँडाकोट नगरपालिका वडा नं. ८ मा बैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनको परिणामको विषयलाई लिएर पदाधिकारी र केहि सदस्यहरुले आफुलाई आरोप लगाउदै राजिनामा पेश गरेपछि अध्यक्ष चालिसेले त्यसको खण्डन गर्नुभएको हो । स्थानीय तहको निर्वाचनमा पार्टीका उमेदवारहरुलाई जिताउन चोविसैघण्टा खटेर हिडेको छुँ आफ्नै उमेदवारह...

एमाले गैँडाकोट ८ का पदाधिकारी सहित २५ जनाद्धारा सामुहिक राजिनामा (पत्रसहित)

एमाले गैँडाकोट ८ का पदाधिकारी सहित २५ जनाद्धारा सामुहिक राजिनामा (पत्रसहित)
नवलपुर । कपा एमाले गैँडाकोट नगरकमिटी वडा नं. ८ मा उपाध्यक्ष, सचिव र उपसचिव सहित २५  जनाले सामुहिक राजिनामा दिएका छन् । स्थानीय निकायको निर्वाचनमा वडा कमिटीको मुल नेतृत्वका कारण पराजय ब्यहोर्नु परेको भन्दै उपाध्यक्ष, सचिव, उपसचिव सहित २५ जनाले वडा कमिटी समक्ष राजिनामा पेश गरेका हुन् । राजिनामामा पत्रमा पार्टि वडाअध्यक्षकै कारण स्थानीय निकायको निर्वाचनमा विजयी हाँसिल गर्न नसकेको कुरा उल्लेख गरिएको छ । राजिनामा दिनेमा उपाध्यक्ष हरिमाया अधिकारी, सचिव गोविन्द आचार्य, उपसचिवहरु ...

जेष्ठ २८ गते गैँडाकोट वडा नं. ९ मा निशुल्क स्वास्थ्य शिविर हुुने

जेष्ठ २८ गते गैँडाकोट वडा नं. ९ मा निशुल्क स्वास्थ्य शिविर हुुने
गैँडाकोट । गैँडाकोट नगरपालिका वडा नं. ९ ले जेष्ठ २८ गते शनिवार निशुल्क स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ ।गैँडाकोट नगरपालिका वडा नं. ९ स्थित आधारभूत स्वास्थ्य सेवा केन्द्रको भवनमा स्वास्थ्य शिविरको आयोजना गरिएको वडा अध्यक्ष धामनाथ सापकोटाले जानकारी दिनुभयो । वडाबासीहरुहरुको स्वास्थ्यलाई ध्यानमा राखेर शिविरको आयोजना गरिएको भन्दै वडा अध्यक्ष सापकोटाले स्वास्थ्य शिविरमा आएर आफ्नो स्वास्थ्य परिक्षण गराउन आह्वान गर्नुभएको छ ।स्वास्थ्य शिविरमा महिलाहरुको पाठेघरको परिक्षण, सुगर...

चितवनमा निर्माणाधिन रंगशालाको लागि साढे २२ करोड बजेट विनियोजन

चितवनमा निर्माणाधिन रंगशालाको लागि  साढे २२ करोड बजेट विनियोजन
चितवन – चितवनको रामपुरमा निर्माणाधिन गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रंगशालालाई सरकारले बजेट छुट्याएको छ ।अर्थमन्त्री जनार्दन शर्माले संसदमा पेश गरेको बजेटमा रंगशालाको काम अघि बढाउनका लागि २२ करोड ५० लाख रुपैयाँ छुट्याईएको छ ।खेलकुद मन्त्रालयको बजेट पुस्तिका अनुसार रंगशालाका लागि २२ करोड ५० लाख रुपैयाँ विनियोजन भएको हो । आर्थिक वर्षको बजेट पेश गर्ने क्रममा अर्थमन्त्री शर्माले रंगशालाको काम अघि बढाउन बजेट विनियोजन गरिएको बताएका थिए ।सरकारले प्रदेश र स्थानीय तहसँगको समन्वय ...

नवलपरासीका पत्रकार पोखरेलको रुखबाट लडेर निधन

नवलपरासीका पत्रकार पोखरेलको रुखबाट लडेर निधन
नवलपुर । गुल्मीमा घाँस काट्ने क्रममा रूखबाट लडेर एक पत्रकारको मृत्यु भएको छ । धुर्कोट गाउँपालिका –४ जैसिथोक निवासी ३४ बर्षिय राजु भनेर चिनिने घनश्याम पोख्रेलको मंगलबार मृत्यु भएको हो । पोखरेल आफ्ने घरभन्दा केही तल दिउँसो २ बजे आँपको रूखबाट लडेका थिए । उनलाई उपचारका लागि गुल्मी अस्पतालमा ल्याएपनि अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सुचना अधिकारी माधव खरेलले जानकारी दिए । पोख्रेल रेडियो नवलपरासीस्थित रेडियो दौंतरीका स्टेसन म्यानेजर एवं प्रेस सेन्टर नवलपर...