नवलपुर ।  सरस्वती आधारभूत विद्यालय गैंडाकोट ५ का ८० जना छात्रछात्राहरुलाई स्टेशनरी उपलव्ध गराइएकाे छ  । नेपाली कांग्रेस नवलपुर क्षेत्र नं. १ क का सहसचिव शालिकराम घिमिरेले जन्मदिनको अवसर पारेर स्टेशनरी तथा जुस/विस्कुट सोमबार प्रदान गरेका हुन् ।

गैंडाकोट नगरपालिकाका नगर प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि मदनभक्त अधिकारीले जन्मदिनको अवसरमा छात्रछात्रालाई स्टेशनरी प्राप्त हुँदा अध्ययनतर्फ हौसला मिल्ने बताए । सामाजिक दायित्वलाई सबैले यसैगरी बुझ्ने हो भने गरिब तथा जेहेन्दार विद्यार्थीलाई थप बल पुग्ने उनको भनाइ थियो ।

सहसचिव घिमिरे कृषि प्रबर्धन बजार विकास प्रा.लि.का अध्यक्ष र सिद्धि विनायक साकोसका संस्थापक अध्यक्ष समेत हुन् । विद्यालयमा मनाइएको उनको ५६ औं जन्मोत्सव हो ।कार्यक्रममा गैंडाकोट ५ का वडा अध्यक्ष रत्नप्रसाद सापकोटा, कार्यपालिका सदस्य शान्ति न्यौपाने तथा समाजका अग्रज नेताहरु लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशव पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया