×

नवलपुर विशेष

चितवनमा असार ६ गतेदेखि मल वितरण गरिने

चितवनमा असार ६ गतेदेखि मल वितरण गरिने
चितवन ।   साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड र कृषि सामग्री वितरण केन्द्र चितवनले यही असार ६ गतेबाट रासायनिक मल वितरण गर्ने भएका छन् । रोपाईँ गर्न सुरु गर्न लागेका किसानलाई यसले केही राहत पुग्ने जनाइएको छ ।कर्पोरेशन चितवनका प्रमुख बुद्धिविनोद दाहालले वीरगञ्जस्थित आफ्नो गोदामघरमा मल आइसकेको जानकारी दिँदै छिट्टै वितरण हुने बताउनुभयो । यसैगरी वितरण केन्द्रका प्रमुख राजन बगाले यही असार ६ गतेदेखि डिएपी मल वितरण गरिने जानकारी दिनुभयो । उहाँका अनुसार केन्द्रमा रहेको २९० टन मल बिक्री...

क्यान्टिनमा खाजा खाएपछि नवलपुरको रिचर्ड इङ्गलिस बोर्डिङ्ग स्कुलका ३२ विद्यार्थी विरामी

क्यान्टिनमा खाजा खाएपछि नवलपुरको रिचर्ड इङ्गलिस बोर्डिङ्ग स्कुलका ३२ विद्यार्थी विरामी
नवलपुर । नवलपुरको रिचर्ड इङ्गलिस बोर्डिङ्ग स्कूलका  ३२ जना विद्यार्थी विरामी भएका छन् ।विनयी त्रिवेणी गाउँपालिका स्थित सर्दीमा रहेको रिचर्ड इङ्गलिस बोर्डिङ्ग स्कूलमा अध्ययनरत ३२ जना विद्यार्थी विरामी भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका डिएसपी सन्तोष पाठकले जानकारी दिए । फुड प्वाइजनका कारण विद्यार्थीहरु विरामी भएकाे हुनसक्ने बताइएकाे छ । विद्यालय हाताभित्र रहेको क्यान्टिमा खाजा खाएका २ सय विद्यार्थीहरुमध्ये ३२ जना विरामी भएका हुन् । विहिवार दिउसो खाजा खाएर विरामी भएका उनिह...

आसन्न चुनावका लागि मतदाता नामावली संकलन आजबाट

आसन्न चुनावका लागि मतदाता नामावली संकलन आजबाट
काठमाडौं । निर्वाचन आयोगले आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि मतदाता नामावली संकलन कार्य आजबाट सुरु गर्दै छ ।निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले ७७ वटै जिल्लामा आजबाट मतदाता नामावली संकलन कार्य सुरु हुने जानकारी दिए । ‘निकट भविष्यमा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मिति घोषणा हुने सम्भावना छ, त्यो निर्वाचनलाई लक्षित गरी असार १ गतेदेखि ७७ वटै निर्वाचन कार्यालय, ७७ वटै जिल्ला प्रशासन कार्यालय र ७३ इलाका प्रशासन कार्यालयबाट मतदाता नामावली संकलन...

प्रदेश सरकारसंगको सहकार्यमा देवघाटमा तीनमुखे पुल निर्माण गरिने

प्रदेश सरकारसंगको सहकार्यमा देवघाटमा तीनमुखे पुल निर्माण गरिने
नवलपुर । गण्डकी प्रदेश सरकारले त्रिशूली र कालीगण्डकीको सङ्गमस्थल देवघाटमा तीनमुखे पुल निर्माण गर्ने भएको छ । बागमती प्रदेश सरकारसँगको समेत सहकार्यमा देवघाटमा तीनमुखे पुल निर्माण गर्न लागिएको हो । गण्डकी प्रदेश सरकारले तनहुँ, चितवन र नवलपुर जोड्ने गरी निर्माण हुन लागेको तीनमुखे पुललाई प्राथमिकतामा राखेको छ । देवघाट क्षेत्र विकास समितिको गत चैतमा बसेको बैठकले यहाँ तीनमुखे पुल निर्माण गर्ने निर्णय गरेको थियो । समितिले पुल निर्माणका लागि बजेट विनियोजन गर्न गण्डकी र बागमती प्रद...

अक्सफोर्ड स्कुल गैँडाकाेटकाे ग्राजुयशन कार्यक्रम सम्पन्न

अक्सफोर्ड स्कुल गैँडाकाेटकाे ग्राजुयशन कार्यक्रम सम्पन्न
गैंडाकोट । गैंडाकोटकाे अक्सफोर्ड सेकेण्डरी स्कूलले कक्षा १२ का बिद्यार्थीहरुको निम्ति ग्राजुयशन कार्यक्रम – २०७९’ को आयोजना गरेको छ । १२ कक्षामा अध्यायनरत बिद्यार्थीहरुले परिक्षा दिएर नतिजाकाे  पखाईमा रहेकै बेला स्कुलले ‘ग्राजुयशन कार्यक्रम – २०७९’ को आयोजना गरेको हो । उक्त कार्यक्रममा आफ्ना भनाईहरु राख्दै शिक्षा तथा मानव स्रोत विकाश केन्द्र, शिक्षा विकाश तथा समन्वय इकाई नवलपुरका इकाई प्रमुख कृष्णचन्द्र पोख्रेलले अक्सफोर्डले उत्पादन गरेका जनशक्तिहरु नवलपुरभरी, नेपालभरी र ब...

नवलपुरमा करेन्ट लागेर एकजनाको मृृत्यु

नवलपुरमा करेन्ट लागेर एकजनाको मृृत्यु
गैँडाकोट । नवलपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । हुप्सेकोट गाँउपालिका वडा नं. ३ का ६६ वर्षका कोषबहादुर मल्लको करेन्ट लागेर मृत्यु भएको हो । हुप्सेकोट गाउँपालिका वडा नं. ४ झ्यालवासमा विजुलीको पोलमुनी रहेको तारमा छोइन पुग्दा उनको मृत्यु भएको बताइएको छ ।

साताको ६ दिन सेयर बजार खुल्ने, शुक्रबार जम्मा दुई घण्टा कारोबार

साताको ६ दिन सेयर बजार खुल्ने, शुक्रबार जम्मा दुई घण्टा कारोबार
काठमाडौं । आगामी असार १ गतेदेखि लागु हुने गरी सेयर बजार साताको ६ दिन खुल्ने भएको छ। नेप्सेका प्रवक्ता मुराहरि पराजुलीका अनुसार असार १ गतेदेखि बजार शनिबार बाहेक साताको ६ दिन खुल्ने भएको हो।उनका अनुसार आइतबारदेखि बिहीबारसम्म बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सेयर कारोबार खुला रहनेछ भने शुक्रबार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म बजार खुला हुने भएको हो। सरकारले आइतबार समेत दिँदै आएको सार्वजनिक बिदा खारेजको घोषणा गरेसँगै नयाँ निर्णय भएको हो। यस अघि पुरानै व्यवस्था अनुसार आइतबार...

ट्याक्टरले च्यापिएर कावासोतीमा एकजनाको मृत्यु

ट्याक्टरले च्यापिएर कावासोतीमा एकजनाको मृत्यु
नवलपुर । नवलपुरको कावासोतीमा ट्याक्टरले च्यापिएर एकजनाको ज्यान गएको छ । कावासोती नगरपालिका वडा नं. १७ गोछडाटारमा मकैको ढोड लोड गरि फर्कने क्रमामा ट्याक्टरको ढाला पल्टीएर सोहि ढालाले च्याप्दा सोहि स्थानका ५५ वर्षका शान्तिनाथ महतोको मृत्यु भएको हो । मृतक महतो साेही ट्याक्टरमा चालक हुन् । स्थानीय खुसीराम थनेतको खेतबाट मकैको ढोड गरेर निस्कने क्रममा ना ७ त ३७७५ नम्बरको ट्याक्टर फसेपछि चक्कामा लागेको माटो निकाल्न लागेका थिए । सोहि क्रममा ढाला पल्टन गई दुर्घटना भएको थियो ।ट्याक्ट...

असार १ गतेदेखि चितवन राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी बन्द

असार १ गतेदेखि चितवन राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी बन्द
चितवन ।  चितवन राष्ट्रिय निकुञ्जले निकुञ्जभित्र गरिने पर्यटकीय गतिविधि यही असार १ गतेदेखि बन्द गर्नेभएको छ । निकुञ्जभित्र गरिने जङ्गल सफारी, जङ्गल वाकलगायत गतिविधि बन्द गर्न लागिएको हो । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार मनसुन सुरु भएसँगै निकुञ्जभित्रका कच्ची वनपथ बिग्रने, जङ्गलमा भएका स–साना खोला खोल्सामा बाढी आउने तथा रूख लडेर बाटो अवरुद्ध हुन सक्ने भएकाले गतिविधिमा रोक लगाइएको हो । उहाँले भन्नुभयो, “अर्को सूचना जारी नभएसम्मका लागि पर्यटकीय गतिविधि बन्द ...