नवलपुर ।  सडकमा हिडिरहेका एक महिलासंग भएको सबै गरगहना र नगद नदिए एसिड छयाप्ने भन्दै धम्काउने एक युवकले आफु भाइरल हुन बनाएको भिडियो यूटुबमा राखेपछि प्रहरीको फन्दामा परेका छन । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले नवलपरासीवाट यो भिडियो यूटुबमा राख्ने २६ वर्षका पूर्णचन्द्र भुसाललाई सोमवार पक्राउ गरेको छ । ति यूवक हुप्सेकोट गाउपालिका गिरुबारीका हुन ।

बदमास केटा नामक यूटुब च्यानल संचालन गरि बाटोमा हिडिरहेकी एक महिलासंग भएको मोवाइल , पैसा दिनुस नत्र एसिड हान्छु भन्दै धम्क्याएको भिडियो पोष्ट गरेको आधारमा प्रहरीको साइबर ब्यूरोले पूर्वी नवलपरासीको हुप्सेकोट गाउपालिका वडा नम्बर ३ बस्ने पूर्ण चन्द्र भुसाललाई सोमवार पक्राउ गरेको हो ।

ति महिलासंग भएको नगद, मोवाइल र अन्य सामान नदिए एसिड छयाप्ने भन्दै धम्क्याएर बनाएको भिडियो पोष्ट गरेर आफैलाई भाइरल बनाउने सनक चढेका ति यूवक प्रहरीको फन्दामा परेका छन । उनले त्यो भिडियो भाइरल बनाउन भन्दै त्यस्तो सिन खिचेर यूटिबमा लोड गरेपछि त्यसले नकारात्मक सन्देश प्रवाह भएको ठहर प्रहरीले गरेको छ ।

अनुसन्धानवाट ति यूवकले साच्चै लुटेको नभै भाइरल हुने रहरले त्यस्तो भिडियो पोष्ट गरेको प्रारम्भीक अनुसन्धानवाट खुलेपछि त्यसलाई प्रहरीले सामाजिक अपराध मानेको छ । भिडियो भाइरल बनाउने नाममा नकारात्मक सन्देश प्रबाह भएकाले उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीले जनाएको छ । महिलालाई धम्क्याउने युवक र भिडियोमा देखिने महिला दुबै गिरुवारी निवासी हुन । ति महिला स्थानिय सन्जु गुरुंग हुन । उनिहरुले भिडियो भाइरल बनाउने भन्दै त्यस्तो गलत सन्देश जाने भिडियो बनाएका थिए ।

यूटुबमा त्यो भिडियो भाइरल भएको छ ।त्यस्तो भिडियो बनाएर ति महिलासंग लिएको समान पछि त्यो युवकले फिर्ता दिएको अनुसन्धानवाट खुलेको छ । फिर्ता दिएपनि सामान नदिए एसिड हान्छु भन्नुले गलत सन्देश प्रबाह भएको प्रहरीको ठहर छ । भिडियो भाइरल बनाउने नाममा गलत सन्देश जाने भिडियो यूटुबमा पोष्ट गरेका कारण ति यूवक प्रहरीको कारबाहिमा परेका हुन ।

उस्ले सडकमा हिडदै गरेकी एक महिलालाई धम्क्याएर उनि संग भएको सबै समान नदिए एसिड छयाप्ने भन्ने भिडियो भाइरल भएको थियो । त्यहि भिडियाको आधारमा प्रहरी प्रधान कार्यालयको साइबर ब्यूरो निर्देशनमा पूर्वी नवलपरासी प्रहरीले ति युवकलाई सोमवार पक्राउ गरेको हो । ती यूवकलाई बिद्युतिय कारोबार ऐन अनुसार काठमाण्डौमा मुद्धा दर्ता गरीएको र अदालतले मंगलवार एक साताको म्याद थपेर अनुसन्धान शुरु गरेको प्रहरीले एक बिज्ञप्ती मार्फत जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया