चितवन । उच्चशिक्षा अध्ययनका लागि विद्यार्थीहरुलाइ अष्टेलिया पठाउँदै आएको चितवनको लोकप्रिय शैक्षिक परामर्श संस्था  एम्स एवरोड एजुकेशनले नवलपुरको गैँडाकोटमा खेलकुद सामाग्री सहयोग गरेको छ ।नवलपुरको गैँडाकोटमा केहिदिनअघिमात्रै गठन भएको मदन भण्डारी स्पोर्टस एकेडमीलाई फुटवल सहयोग गरिएको एम्स एवरोडका प्रवन्ध निर्देशक कृष्ण कंडेलले बताउनुभयो ।

भरतपुरमा आयोजित एक कार्यक्रममा मदन भण्डारी स्पोर्टस एकेडमीका अध्यक्ष नर बहादुर थापालाई फुटवल सहयोग गरिएको हो । खेलकुदको विकास र खेलाडीहरुको हौसला बढाउनका लागि फुटवल सहयोग गरिएको भन्दै प्रवन्ध निर्देशक कृष्ण कंडेलले आगामी दिनमा समेत सहयोगलाई निरन्तरता दिने बताउनुभयो । खेलकुदकाे विकासका लागि सबै खालका सहयाेगहरु गर्ने उहाँले साे अवसरमा जानकारी दिनुभयाे ।

खेलको माध्यमबाट स्वस्थ जनशक्ति उत्पादन गर्न मद्धत पुुग्ने भन्दै उहाँले आगामी दिनमा समेत आफुहरुले सहयोगलाई निरन्तरता दिने बताउनुभयो । खेलकुद सामाग्रीले स्पोर्टस एकेडमीलाई मद्धत पुगेको भन्दै अध्यक्ष थापाले एम्स एवरोडलाई धन्यवाद दिनुभयो ।

तपाईको प्रतिक्रिया