नवलपुर । नवलपुरको गैँडाकोट नगरपालिका वडा न नं. १ बाघखोरमा रहेको मौलाकालिका समाज केन्द्र नेपालको १४ औं साधारण सभा तथा १० औं अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको छ ।
केन्द्रको अध्यक्षमा गोविन्द रेग्मी, उपाध्यक्षमा सीता पुन सापकोटा, सचिवमा गणेश अधिकारी, कोषाध्यक्षमा दिपक आचार्य, सहसचिवमा रमेश ढकाल चयन हुनुभएको छ । त्यस्तै सदस्यहरुमा जितबहादुर कुमाल, विनोद सापकोटा, तिलक कंडेल, पुरुषोत्तम गौडेल, शरण ढकाल, हरि सापकोटा (क) चयन भएको निर्वाचन समितिका संयोजक काशीनाथ कंडेलले जानकारी दिए ।
साधारण सभामा प्रमुख अतिथि गैंडाकोट नगरपालिकाका नगर प्रमुख मदनभक्त अधिकारीले केन्द्रको प्रगतिको कामना गर्दै सामाजिक विकासमा लाग्न आग्रह गरे । नगरका उपमेयर शान्ती कोईराला, गैंडाकोट १ का वडा अध्यक्ष सुरेन्द्र रेग्मी, पूर्व वडाअध्यक्ष हरिप्रसाद सापकोटा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।उपाध्यक्ष सीता पुन सापकोटाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको सो कार्यक्रम अध्यक्ष पुरुषोत्तम गौडेलको सभापतित्वमा सम्पन्न भएको थियो ।



उज्यालो खबर




