नेपालकै उत्कृष्ट सहकारी विकु बचत, सदस्य मात्रै सवा लाख !
विकु बचत तथा ऋण गैरसरकारी संस्थाको स्कुलिङबाट जन्मिएको हो । विजय विकास स्रोत केन्द्रको तालिमपछि संस्थाको जन्म भएकाले सामाजिक विकास कार्यक्रम मार्फत अगाडी बढायौं । सदस्यको स्वास्थ्य र खुसी हाम्रो प्राथमिकता हो । त्यसैले कार्यक्रम डिजाइन गर्दा नै यसै अनुसार गर्छौ । बेस्ट र बिगेस्ट (बी२) सिद्धान्तमा हामी अघि बढेका छौं । हामीले संस्थाको स्वेतपत्र बनायौं, इनोभेसन र क्रियशनलाई फोकस गरेका छौं ।
बिकुमा कमजोर आर्थिक अवस्था भएका सर्वसाधारणलाई पनि समेटेका छौं । हाल सवा लाख सदस्य पुगे...
