×

नवलपुर विशेष

मध्यविन्दुमा सेवाग्राही फाइल बाेकेर यताउता हिड्न नपर्ने, सबैकाम कर्मचारीले गरिदिने

मध्यविन्दुमा सेवाग्राही फाइल बाेकेर यताउता हिड्न नपर्ने, सबैकाम कर्मचारीले गरिदिने
कावासोती ।नवलपुरको मध्यविन्दु नगरपालिकाले नागरिक सेवा केन्द्र स्थापना गरेको छ । सेवाग्राहीलाई सहज रुपमा कार्यालयको सेवा प्रदान गर्ने उद्देश्यले नागरिक सेवा केन्द्र स्थापना गरिएको मध्यविन्दु नगरपालिका नगर प्रमुख भिमलाल अधिकारीले बताउनुभयो ।नगरपालिकाबाट प्रदान गरिने सेवालाई सहज रुपमा प्रदान गर्ने उद्देश्यले नागरिक सेवा केन्द्र स्थापना गरिएको नगर प्रमुख अधिकारीले बताउनुभयो । नागरिक सेवा केन्द्रमा हाल तीन जना कर्मचारी खटाइएको छ । सेवाग्राहीले कुनै पनि सेवा लिन चाहे नागरिक सेवा...

गैँडाकोट ९ मा स्तनपानको महत्व र प्रभावका बारेमा आमाहरुसँग छलफल

गैँडाकोट ९ मा स्तनपानको महत्व र प्रभावका बारेमा आमाहरुसँग छलफल
गैँडाकोट । विश्व स्तनपान दिवसको अवसरमा नवलपुरका गर्भवती,सुत्केरी र २ वर्ष भित्रका सुत्केरी भएका आमाहरुका विचमा स्तनपानको महत्व र यसका प्रभावका बारेमा छलफल गरिएको छ ।गैँडाकोट नगरपालिका वडा नं. ९ को सभाहलमा आयोजित कार्यक्रममा स्तनपानको महत्व, विधी र पोषणका सन्दर्भमा  छलफल गरिएको वडा अध्यक्ष धामनाथ सापकोटाले जानकारी दिनुभयो । सो अवसरमा बच्चाहरुको बृद्धिको अवस्था समेत हेरिएको थियो । २५ जना बच्चाहरुको बृद्धि अनुगमन गरिएकोमा एकजनामा कडा खालको कुपोषण (रातो) एकजनामा मध्यमखालको कुप...

३२ औं बार्षिकोत्सव मनाउँदै विकू बचत तथा ऋण सहकारी संस्था

३२ औं बार्षिकोत्सव मनाउँदै विकू बचत तथा ऋण सहकारी संस्था
गैडाकोट ।  विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो ३२ औं बार्षिकोत्सव विभिन्न कार्यक्रम गरेर मनाउने भएको छ । आज (बिहिबार)  पत्रकार सम्मेलनको आयोजना गरेर सहकारीले बार्षिकोत्सवका कार्यक्रमबारे जानकारी दिएको हो । संस्था स्थापना भएको दिन भदौं ५ गतेसम्म विभिन्न कार्यक्रम आयोजना गरिएको छ । जसअन्तर्गत साउन २१ गते शनिवार गैडाकोट–८ को खेलमैदानमा कर्मचारीहरुविच चम्चा दौड प्रतियोगिता र मोटरसाईकल स्लो रेस प्रतियोगिता आयोजना गरिएको छ । सोही दिन विहान ११ बजे विजय सामुदायीक शिक्षा ...

को को हुन् कावासोतीबाट पक्राउ परेका सात जुवाडे ?

को को हुन् कावासोतीबाट पक्राउ परेका सात जुवाडे ?
नवलपुर । नवलपुरको कावासोतीबाट सातजना जुवाडेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । कावासोती नगरपालिका वडा नं. ५ साझाचोक स्थित दिनेश लम्सालको घरमा जुवा खेलिरहेका उनिहरुलाइ गोप्य सूचनाको आधारमा प्रहरीले पक्राउ गरेको हो ।पक्राउ परेका उनिहरुको साथबाट १८ हजार १४० रुपैयाँ र ३ बुक तास बरामद गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व)का सूचना अधिकारी डिएसपी सन्तोष पाठकले जानकारी दिनुभयो । पक्राउ पर्नेहरुमा कावासोती नगरपालिका वडा नं. ५ का ४८ वर्षका दिनेश लम्साल, ४१ वर्षका गोपाल प्रसा...

नेविसंघ र सुशील कोइराला सोसलिष्ट युथ सर्कलले गैँडाकोटमा एसईई उर्तिण विद्यार्थीलाई सम्मान गर्ने

नेविसंघ र सुशील कोइराला सोसलिष्ट युथ सर्कलले गैँडाकोटमा एसईई उर्तिण विद्यार्थीलाई सम्मान गर्ने
गैँडाकोट । नेपाल विद्यार्थीसंघ पालिका समन्वय समिति गैँडाकोट र सुशील कोइराला सोसलिष्ट युथ सर्कल नवलपुरले एसईई उर्तिण गरेका विद्यार्थीहरुलाई सम्मान गर्ने भएको छ ।साउन २१ गते विहान १० वजेदेखि एसईई परीक्षा उर्तिण गरेका सबैविद्यार्थीहरुलाई सम्मान गर्न लागिएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । नेपाल विद्यार्थीसंघ पालिका समन्वय समिति गैँडाकोटका संयोजक रमेश कोइरालाले द होटल नारायणी कालीगण्डकी चोकमा आयोजना गरिने विद्यार्थी सम्मान कार्यक्रममा १३ सय ५१ जना विद्यार्थीहरुलाई ...

गैँडाकोटको जनक मावि डुवानमा

गैँडाकोटको जनक मावि डुवानमा
गैँडाकोट । अविरल वर्षाका कारण नवलपुरको गैँडाकोट डुवानमा परेको छ । जिल्लाको गैँडाकोट नगरपालिकाका वडा नं. २, ४, ५,का क्षेत्रहरु डुवानका कारण प्रभावित भएका छन् । नगरको वडा नं. ५ मा रहेको जनक मावि डुवानमा परेको छ । विद्यालयको भुईतलामा रहेको कोठाहरुमा पानी पसेको छ । डुवान भएपछि विद्यालयको पढाई समेत बन्द गरिएको छ ।

गैँडाकोटमा नालीमा परेर तीन वर्षीया बालिका बेपत्ता, खोजीकार्य जारी

गैँडाकोटमा नालीमा परेर तीन वर्षीया बालिका बेपत्ता, खोजीकार्य जारी
गैंडाकोट । गैंडाकोटमा ३ वर्षकी बालिका बेपत्ता भएकी छन् । अविरल वर्षाका कारण गैंडाकोट १ लाफा चोकमा नालामा परेर बालिका बेपत्ता भएकी हुन् । बेपत्ता हुनेमा सहारा श्रेष्ठ रहेकी छिन् । भेलसहितको नालामा परेको हुन सक्ने भन्दै स्थानीयले खोजी जारी राखेका छन् विहान पौने ११ बजेबाट बालिका बेपत्ता भएकी छन् । घर अगाडिको पानी बग्ने नाला नजिक बालिकाको चप्पल भेटिएपछि नालाले बगाएको हुन सक्ने आशंकामा खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ ।

गैँडाकोटका विभिन्न घरहरुबाट नगद तथा जिन्सी चोरीगर्ने २ जना पक्राउ

गैँडाकोटका विभिन्न घरहरुबाट नगद तथा जिन्सी चोरीगर्ने २ जना पक्राउ
गैँडाकोट । नवलपुरको गैँडाकोटमा स्थानीयहरुको घरमा पसेर नगद, गरगहना र मोबाइल चोरी गर्दै आएका २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा गैँडाकोट नगरपालिका वडा नं. २ भृकुटीचोकका का ३५ वर्षका शरद गुरुङ र वडा नं. २ शिल्यान्यास चोकका १९ वर्षका जंगे भनेर चिनिने अमित कुमाल रहेका छन् । गुरुङ र कुमालकै मिलेमतोमा गैँडाकोटका विभिन्न वडाहरुमा चोरी डकैती हुँदै आएको प्रहरीले जनाएको छ । उनिहरुले घरको ताल्चा फोडेर नगद सहित गरगहना तथा मोबाइल फोन लगेको प्रहरीको भनाई छ ।पक्राउ परेका गुर...

गैँडाकोटका वास्तुशास्त्री सोतीले पाए उत्कृष्ट अनुसन्धान गरेर अमेरिकाबाट स्वर्ण पदक

गैँडाकोटका वास्तुशास्त्री सोतीले पाए उत्कृष्ट अनुसन्धान गरेर अमेरिकाबाट स्वर्ण पदक
नवलपुर । गैँडाकोटका वास्तुशास्त्री लक्ष्मीप्रसाद सोतीले अमेरिकाबाट स्वर्ण पदक पाएका छन् ।वास्तु र ज्योतिष विज्ञानको गहिराइमा रही उत्कृष्टअनुसन्धान गर्ने विश्वका व्यक्तिहरुलाई प्रदान गरिँदै आएको स्वर्ण पदक यो पटक नेपालका वैज्ञानिक वास्तु विशेषज्ञ सोतीले पाएका हुन् । पेशाले सिभिल इञ्जिनियर र वास्तुशास्त्रीसमेत रहेका गैँडाकोट निवासी सोती गैँडाकोट नगरपालिकामा यसअघि काम पनि गर्दथे । उनी अहिले नेपाल ज्योतिष परिषद्अन्र्तगत वास्तुविभागको प्रमुख समेत रहेका छन् ।सोतीलाई वास्तु र ज्य...