नवलपुर । नवलपुरको कावासोतीबाट सातजना जुवाडेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । कावासोती नगरपालिका वडा नं. ५ साझाचोक स्थित दिनेश लम्सालको घरमा जुवा खेलिरहेका उनिहरुलाइ गोप्य सूचनाको आधारमा प्रहरीले पक्राउ गरेको हो ।पक्राउ परेका उनिहरुको साथबाट १८ हजार १४० रुपैयाँ र ३ बुक तास बरामद गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व)का सूचना अधिकारी डिएसपी सन्तोष पाठकले जानकारी दिनुभयो ।

पक्राउ पर्नेहरुमा कावासोती नगरपालिका वडा नं. ५ का ४८ वर्षका दिनेश लम्साल, ४१ वर्षका गोपाल प्रसाद न्यौपाने, ३८ वर्षका भोजराज पोख्रेल, ५३ वर्षका मेघनाथ पाण्डे, ४८ वर्षका दुर्गाराज गुरुङ, ६३ वर्षका अर्जुन भण्डारी र ४२ वर्षका मित्रप्रसाद भूसाल रहेका छन् ।
पक्राउ परेकाहरु सबैलाई जिल्ला प्रहरीकार्यालयको हिरासत कक्षमा राखिएको छ । उनिहरुमाथी कानून अनुसार कारबाही गरिने प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया