गैँडाकोट । नेपाल विद्यार्थीसंघ पालिका समन्वय समिति गैँडाकोट र सुशील कोइराला सोसलिष्ट युथ सर्कल नवलपुरले एसईई उर्तिण गरेका विद्यार्थीहरुलाई सम्मान गर्ने भएको छ ।साउन २१ गते विहान १० वजेदेखि एसईई परीक्षा उर्तिण गरेका सबैविद्यार्थीहरुलाई सम्मान गर्न लागिएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

नेपाल विद्यार्थीसंघ पालिका समन्वय समिति गैँडाकोटका संयोजक रमेश कोइरालाले द होटल नारायणी कालीगण्डकी चोकमा आयोजना गरिने विद्यार्थी सम्मान कार्यक्रममा १३ सय ५१ जना विद्यार्थीहरुलाई सम्मान गरिने जानकारी दिए । विद्यार्थीहरुको साथमा नेविसंघ छ भन्ने भावना जागृत गराउन मायाको चिनो र प्रमाणपत्रले सम्मान गर्ने उनले बताए ।

सो अवसरमा विभिन्न सास्कृतिक कार्यक्रमको समेत आयोजना गरिएको सुशील कोइराला सोसलिष्ट युथ सर्कल नवलपुरका अध्यक्ष पवन कार्कीले जानकारी दिए ।पत्रकार सम्मेलनमा प्रमुुख अतिथीको रुपमा उपस्थित नेपाली काँग्रेसका महासमिति सदस्य तथा गैँडाकोट नगरपालिकाका मेयर मदनभक्त अधिकारीले विद्यार्थीहरुको हौँसला बढाउने उदेश्यले कार्यक्रम आयोजना गर्न लागिएकोमा खुसी व्यक्त गरे ।

नेविसंघ पालिका समन्वय समिति गैँडाकोटका संयोजक रमेश कोइरालाको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुुख अतिथिमा मेयर मदनभक्त अधिकारी रहेका थिए । सो अवसरमा नेपाली काँग्रेस महासमिति सदस्य गोकुुल सापकोटा, काँग्रेस नेता ज्ञानप्रसाद खनाल, सुशील कोइराला सोसलिष्ट युथ सर्कलका जिल्ला अध्यक्ष पवन कार्की लगायतको सहभागिता रहेको पत्रकार सम्मेलनकाे सहजीकरण पत्रकार अजय पाैडेलले गरेका थिए ।

तपाईको प्रतिक्रिया