कावासोती ।नवलपुरको मध्यविन्दु नगरपालिकाले नागरिक सेवा केन्द्र स्थापना गरेको छ । सेवाग्राहीलाई सहज रुपमा कार्यालयको सेवा प्रदान गर्ने उद्देश्यले नागरिक सेवा केन्द्र स्थापना गरिएको मध्यविन्दु नगरपालिका नगर प्रमुख भिमलाल अधिकारीले बताउनुभयो ।नगरपालिकाबाट प्रदान गरिने सेवालाई सहज रुपमा प्रदान गर्ने उद्देश्यले नागरिक सेवा केन्द्र स्थापना गरिएको नगर प्रमुख अधिकारीले बताउनुभयो ।
नागरिक सेवा केन्द्रमा हाल तीन जना कर्मचारी खटाइएको छ । सेवाग्राहीले कुनै पनि सेवा लिन चाहे नागरिक सेवा केन्द्रबाट लिन सक्नेछन् । कुनै पनि शाखाबाट गर्ने पर्ने कामको लागि आवश्यक प्रक्रिया नागरिक सेवा केन्द्रबाट सुरु हुने नगर प्रमुख अधिकारीले बताउनुभयो ।
सामान्य सोधपुछ देखि आवश्यक कागजपत्र जाँच र थप सबै प्रक्रिया सोही केन्द्रका कर्मचारीले गरिदिने उहाँको भनाई छ । नागरिक सेवा केन्द्रमा सेवाग्राहीका लागि आराम गर्ने स्थान, फोटोकपी सेवा, पिउने पानी , निशुल्क नेट सुविधा , मोबाइल चार्ज गर्ने सुविधा , टेलिभिजनको व्यवस्था गरिएको छ ।
‘कतिपय सेवाग्राही कहाँबाट सेवा लिने , कता जाने अलमलमा हुन्छन् , उनिहरु लाई सहज रुपमा लिने वातावरण बनाउन नागरिक सेवा केन्द्रका कर्मचारीले सहजिकरण गर्नेछन् , यतिमात्रै होइन नागरिक सेवा केन्द्रमा फाइल बुझाएपछि सेवाग्राहीको सबै काम त्यहीबाट सकिन्छ’ नगर प्रमुख अधिकारीले भन्नुभयो –सेवाग्राही आरामले बसे हुन्छ ।
सेवाग्राही मैत्री कार्यालय र सोही अनुसारको सेवा प्रदान गर्नुपर्छ भन्ने उद्देश्यले नागरिक सेवा केन्द्र स्थापना गरिएको नगर प्रमुख अधिकारीले बताउनुभयो । नागरिक सेवा केन्द्रको सही व्यवस्थापन र केन्द्रबाट प्रभावकारी रुपमा निरन्तर सेवा प्रदान गर्न आफूहरू लाग्ने उहाँको भनाई छ
प्रमुख प्रशासकीय अधिकृत बासुदेव खनालले हरेक सेवाग्राही नागरिक सेवा केन्द्रमा आएर आफ्नो काम बसेरै पुरा गर्न सक्ने बताउनुभयो । सेवाकेन्द्रमा फाइल छाडेपछि आवश्यक कागजात पुरा भए नभएको हेरि पुरा भएको भए सेवा केन्द्रकै कर्मचारीले सबैकाम आफै गरिदिने बताउनुभयो । यो एकद्वार माध्यमबाट नागरिकले लिन खोजेको सेवा प्राप्त गर्ने उहाँले बताउनुभयो । यसको दिगो व्यवस्थापन गर्दै सेवाग्राहीलाई सहज रुपमा सेवा दिने विषयमा आफूहरू संवेदनशिल रहेको प्रमुख प्रशासकीय अधिकृत खनालले बताउनुभयो ।



उज्यालो खबर




