×

नवलपुर विशेष

नारायणीले बगाएर ल्याएको शव रुपन्देहीका उपाध्यायको भएको पुष्टि

नारायणीले बगाएर ल्याएको शव रुपन्देहीका उपाध्यायको भएको पुष्टि
चितवन।  भरतपुर महानगरपालिका–३ स्थित नारायणी नदीले बगाएर ल्याएको शव रुपन्देही जिल्ला तिलोत्तमा नगरपालिका–६ का एक पुरुषको भएको खुलेको छ ।स्थानीयको सूचनाका आधारमा चितवन प्रहरीले आज बिहान करिब ९ बजेको समयमा सो शवलाई नियन्त्रणमा लिएको हो । चितवन प्रहरीले तिलोतमा घर भई काठमाडौँको किर्तिपुर–४ बस्ने ६० वर्षीय चुडामणी उपाध्यायको शव भएको पुष्टि भएको जनाएको छ । मृतकको शवलाई पोष्टमार्टमको लागि भरतपुर अस्पतालको शव गृहमा राखिएको चितवन प्रहरीले जनाएको छ । मृतकको विषयमा थप अनुसन्धान भइरहे...

नारायणी नदी किनारमा एक पुरुषको शव भेटियो

नारायणी नदी किनारमा एक पुरुषको शव भेटियो
चितवन । नारायणी नदीमा एक पुरुषको वेवारिसे शव फेला परेको छ । भरतपुर महानगरपालिका वडा नं. ३ स्थित नारायणी नदी किनारमा अन्दाजी ४० वर्षका पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । उर्लदो नारायणी नदीले बगाएर ल्याएको ती पुरुषको शवको बारेमा थप जानकारी प्राप्त हुन नसकेको प्रहरीले जनाएको छ । शव पोष्टमार्टमका लागि भरतपुर अस्पताल पठाइएको छ ।

बाढीले डाईभर्सन बगाउँदा नारायणगढ – बुटवल सडकखण्ड अवरुद्ध

बाढीले डाईभर्सन बगाउँदा नारायणगढ – बुटवल सडकखण्ड अवरुद्ध
नवलपुर । पुर्व पश्चिम महेन्द्रराजमार्ग अन्तर्गत नवलपुरको अरुणखोला र दुम्कीबास बीचको डाइभर्सन सडक बगाउँदा राजमार्ग अवरुद्ध भएको छ ।नवलपुर प्रहरीका अनुसार शुक्रबार राती देखि परेको पानीको कारणले बाढी आउँदा त्यहाँको डाईभर्सन बगाउदा पुर्व पश्चिम महेन्द्रराजमार्गको यातायात अवरुद्ध भएको हो । महेन्द्रराजमार्ग हुँदै पूर्व पश्चिमका लागि छुटेका सवारीसाधन नवलपरासीको दुम्कीबास, चोरमारा र कावासोतीको जंगलमा प्रहरीले रोकिदिएको छ । बगाएको खण्डमा राजमार्ग खुलाउने प्रयास भइरहेको प्रहरीले जना...

गैंडाकोटमा बर्थिङ सेन्टरमा सुत्केरी हुनेलाई पाँच हजार भत्ता

गैंडाकोटमा बर्थिङ सेन्टरमा सुत्केरी हुनेलाई पाँच हजार भत्ता
नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोटमा रहेका सरकारी स्वास्थ्य संस्था तथा बर्थिङ सेन्टरमा सुत्केरी हुनेलाई रु पाँच हजार सुत्केरी भत्ता दिइने भएको छ ।गैँडाकोट नगरपालिकाले आर्थिक वर्ष २०७९/८० को साउन महिनादेखि नै लागू हुनेगरी भत्ताको व्यवस्था गर्न लागेको हो । नगर उपप्रमुख शान्ति कोइरालाले सरकारी स्वास्थ्य संस्थामा सुत्केरी हुने नगरवासी महिलाका लागि भत्ताको व्यवस्था गर्ने गरी नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् । बिहीबार नगरसभामा प्रस्तुत नीति तथा कार्यक्रम क...

गैँडाकोट नगरपालिकाको बजेट १ अर्ब २ करोड ३१ लाख !

गैँडाकोट नगरपालिकाको बजेट १ अर्ब २ करोड ३१ लाख !
गैंडाकोट ।  गैंडाकोट नगरपालिकाले आर्थिक वर्ष २०७९/८० कालागि १ अर्ब २ करोड ३१ लाख २ हजार रुपैयाँको बजेट ल्याएको छ । नगरपालिकाले उक्त बजेट विभिन्न स्रोतबाट प्राप्त गर्ने अनुमान छ । नगरपालिकाको ११ औंनगरसभामा नगर उपप्रमुख शान्ति कोइरालाले प्रस्तुत गर्नुभएको बजेटमा नगरकोआन्तरिक राजश्वबाट ११ करोड ३४ लाख आर्जन गर्ने अनुमान गरेको छ । नेपाल सरकारबाट प्राप्त समानीकरण अनुदान १८ करोड ६५ लाख, नेपालसरकारबाट प्राप्त राजश्व वाँडफाँडबाट १३ करोड २३ लाख ९४ हजार, नेपालसरकारबाट प्राप्त समपुरक ...

मेयर दाहालद्धारा भरतपुरको नीति तथा कार्यक्रम सार्वजनिक

मेयर दाहालद्धारा भरतपुरको नीति तथा कार्यक्रम सार्वजनिक
चितवन । भरतपुर महानगरपालिकाको आर्थिक वर्ष ०७९/०८० को नीति तथा कार्यक्रम सार्वजनिक भएको छ ।शुक्रबार बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको सभाहलमा ११ औ नगरसभामा महानगर नगर प्रमुख रेनु दाहालले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । नीति तथा कार्यक्रममा भरतपुरमा निर्माणधिन राष्ट्रिय गौरवको आयोजनालाई निरन्तरतालाई प्रथामिकता दिइएको छ । त्यस्तै सहरी पूर्वाधार विकास अन्तरगत सडक तथा भवन निर्माणलाई अगाडि बढाउने नीति लिएको छ । महानगरपालिकालाई हरियाली, वातावरण मैत्री तथा खेलकु...

नारायणीमा आजदेखि जलसतह बढ्ने, नदी किनारमा नजान आग्रह

नारायणीमा आजदेखि जलसतह बढ्ने, नदी किनारमा नजान आग्रह
गैँडाकाेट । नारायणी र यसका साना सहायक नदीहरुमा आजदेखि जल सतह उल्लेख्य बढ्ने सम्भावना रहेकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । नारायणी र यसका साना सहायक नदीहरुमा जलसतह बढेर सतर्कता तह आसपास पुग्नसक्ने पूर्वानुमान महाशाखाको छ । त्यसैले नदी तटीय क्षेत्रका कृयाकलाप नगर्न वा गर्नुपर्ने भएमा उच्च सतर्कता अपनाउन महाशाखाले सूचना जारी गर्दै आग्रह गरेको हो । महाशाखाले जारी गरेको सूचनामा लेखिए अनुसार नारायणी जलाधा...

भृकुटी कागज कारखाना चलाउन गोल्छा समूहले लिएको ऋण चार अर्ब पुग्यो, तीन महिनामा लिलामी हुन सक्ने

भृकुटी कागज कारखाना चलाउन गोल्छा समूहले लिएको ऋण चार अर्ब पुग्यो, तीन महिनामा लिलामी हुन सक्ने
गैँडाकाेट । भृकुटी कागज कारखाना चलाउन गोल्छा अर्गनाइजेसनले सुरुवाती समयमा लिएको ऋण पछिल्लो डेढ दशकयता नतिर्दा चार अर्ब पुगेको छ ।गोल्छा अर्गनाइजेसनले तत्कालीन समयमा सम्पूर्ण जग्गा जमिनसहित निजीकरणको प्रक्रियाअनुसार कारखाना खरिद गरेको थियो । अर्गनाइजेशनका तर्फबाट कारखाना सञ्चालन तथा व्यवस्थापनको जिम्मेवारी दिवाकर गोल्छाले लिएका थिए । गोल्छा अर्गनाइजेशनमा अशंबण्डा हुँदा उद्योगको स्वामित्व दिवाकर गोल्छाको नाममा आएको थियो । अहिले दिवाकरको भने निधन भइसकेको छ । दिवाकरका दुई छोरा...

अक्सफोर्ड कलेजको आयोजनामा भएको कार्यक्रममा १३३ जनाद्धारा रक्तदान

अक्सफोर्ड कलेजको आयोजनामा भएको कार्यक्रममा १३३ जनाद्धारा रक्तदान
गैँडाकोट । बजारमा देखिएको रगतको अभावलाई न्यूनिकरण गर्ने गर्ने उदेश्यले पूर्वि नवलपरासीको गैँडाकोटमा रहेको अक्सफोर्ड कलेजले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।गैँडाकोट २ मा अवस्थित कलेज परिसरमा आज विहान प्राध्यापक र विद्यार्थीहरुको सहभागितामा भएको रक्तदान कार्यक्रममा ९९ जना पुरुष र ३४ जना महिलाले रक्तदान गरेको कार्यक्रमका संयोजक शिशिर कुंवरले जानकारी दिनुभयो । कार्यक्रममा प्रमुख अतिथि कलेजका प्राचार्य प्राध्यापक ई. हरि भण्डारीले पहिलो रक्तदाता भिमप्रसाद भण्डारीलाई रक्तसंकलन...