×

नवलपुर विशेष

सातै प्रदेशका योजना आयोग उपाध्यक्ष पोखरामा

सातै प्रदेशका योजना आयोग उपाध्यक्ष पोखरामा
पोखरा–सातवटै प्रदेशका योजना आयोग उपाध्यक्ष तथा सदस्य र सदस्य सचिवहरु पोखरामा भेला भएका छन् । संस्थागत क्षमता विकासका लागि साझा दस्तावेज तयार गर्न उनीहरु पोखरा आएका हुन् । गण्डकी प्रदेशको नीति तथा योजना आयोगले उक्त कार्यक्रमको आयोजना गरेको हो ।भेलालाई सम्बोधन गर्दै गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले लोकतान्त्रिक व्यवस्थामा आधारित समाजवाद स्थापना सबैको साझा लक्ष्य भएकोले प्रदेश सरकारहरुले थप मेहनत जरुरी रहेको बताए । संविधान र कानुनले दिएका अधिकार प्रयोग गर्न स...

गैंडाकोटकी सुन्तलीको उपचारका लागि लायन्सको आर्थिक सहयोग

गैंडाकोटकी सुन्तलीको उपचारका लागि लायन्सको आर्थिक सहयोग
गैँडाकाेट । ब्रेन ट्युमर रोगको सामना गरिरहेकी एक लायन सदस्यलाई चितवन र गैंडाकोटका लायन्स क्लवहरुले संयुक्त रुपमा आर्थिक सहयोग गरेका छन् ।चितवन र गैंडाकोटका ३१ वटा लायन्स क्लवहरुले शुक्रबार नवलपुरको गैंडाकोट निवासी सुन्तली महतोलाई सहयोग स्वरुप २ लाख ५४ हजार १७५ रुपैयाँ आर्थिक सहयोग प्रदान गरेका हुन् । लायन्स क्लव इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ आरका गर्भनर लायन सिद्धार्थलाल चुकेले सो रकम बराबरको चेक चौधरीलाई हस्तान्तरण गरे । सो क्रममा बोल्दै उनले लायन्स सदस्यहरुमा परेको दुःखमा म...

गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीलाई नवलपुरमा कालो झण्डा

गण्डकीका  मुख्यमन्त्री कृष्णचन्द्र नेपालीलाई नवलपुरमा कालो झण्डा
नवलपुर। गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीलाई नवलपुरमा कालो झण्डा देखाइएको छ । राष्ट्रिय युवासंघ नेपालले जिल्लाको  चोरमारामा मुख्यमन्त्रीलाई कालोझन्डा देखाएको हो ।करको दायरा बढाईएको, महङ्गी र मूल्यवृद्धि नियन्त्रण गर्न नसकेको भन्दै मुख्यमन्त्री नेपालीले आफ्नै जिल्लामा कालोझन्डाको सामाना गर्नुपरेको हो । गठबन्धन सरकार शक्ति राष्ट्र खुसी बनाउने नाममा राष्ट्रहीत विपरितको कार्य गर्ने र प्रदेश सरकार परिवारवाद र चर्को कर लगाउने कार्यमा अग्रसर भएकोले मुख्यमन्त्रीलाई क...

प्रचण्डलाई चितवन-३ बाट पन्छाउन खोज्दै कांग्रेस, कुन क्षेत्रमा को बलियो

प्रचण्डलाई चितवन-३ बाट पन्छाउन खोज्दै कांग्रेस, कुन क्षेत्रमा को बलियो
चितवन । चुनाव नजिकिँदै जाँदा नेपाली कांग्रेस चितवनका एकथरी नेताहरू चिन्तामा देखिन्छन्।त्यसको एउटा कारण हो - फेरि पनि क्षेत्र नम्बर ३ बाट सत्ता गठबन्धनको तर्फबाट उठ्ने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको तयारी। लामो समय जिल्ला विकास समितिको सभापति रहेका कांग्रेस केन्द्रीय सदस्य टेकप्रसाद गुरुङले उक्त क्षेत्र आफ्नो पार्टीलाई दिइनुपर्ने बताए।उक्त क्षेत्रमा प्रतिनिधित्व गर्ने नेता गुरुङले कुराकानीमा भने, भरतपुर महानगरमा दुई-दुई पटक माओवादीलाई छोड्यौँ, प्रच...

गैँडाकोटको कखरा मन्टेश्वरीमा श्रीकृष्ण विशेष कार्यक्रम (फोटो फिचर )

गैँडाकोटको कखरा मन्टेश्वरीमा श्रीकृष्ण विशेष कार्यक्रम (फोटो फिचर )
गैँडाकोट । नवलपुरको गैँडाकोट नगरपालिका वडा न १ मा रहेको कखरा मन्टेश्वरीमा श्री कृष्ण जन्माष्टमीको अवसर पारेर विभिन्न कार्यक्रमहरु सम्पन्न गरिएको छ ।विहिबार विद्यालयको पाङग्रणमा आयोजित श्रीकृष्ण जन्माष्टमी विशेष कार्यक्रममा ६० जना विद्यार्थीहरुले राधा र कृष्णको स्वरुप धारण गरेका थिए । भगवानको स्वरुपमा उपस्थित विद्यार्थीहरु मध्ये कोहिले हातमा बाँसुरी लिएका थिए कोहि चिटिक्क परेर राधाको पोशाकमा सजिएका विद्यालयका प्रवन्ध निर्देशक गणेश अधिकारीले जानकारी दिनुभयो ।कार्यक्रमहरुको व...

अक्सफोर्ड कलेजमा विद्यार्थी अभिभावक अभिमुखिकरण

अक्सफोर्ड कलेजमा विद्यार्थी अभिभावक अभिमुखिकरण
  गैंडाकोट । नवलपुरको गैंडाकोटमा अवस्थित अक्स्फोर्ड कलेजले  विद्यार्थी तथा अभिभावक हरुबिचमा अभिमुखिकरण  सम्पन्न गरेको छ । नयाँ शैक्षिकसत्रका लागि विभिन्न बिषयगत विद्यार्थी र तिनका अभिभावक बिच गरिएको कार्यक्रममा प्रो. प्रिन्सिपल हरि भण्डारीले कलेजले उत्पादन गरेका सबै विद्यार्थी विश्व श्रम बजार र उद्यम बजारमा अब्बल सावित हुने गरेको दावी गर्दै अब विद्यार्थीले श्रम खोज्ने नभई आफै सृजना गर्नु पर्ने र सामाजिक उत्तरदाय...

गैँडाकोटकाे अमरापुरीमा स्कुटरको ठक्करबाट वृद्धको मृत्यु

गैँडाकोटकाे अमरापुरीमा  स्कुटरको ठक्करबाट वृद्धको मृत्यु
गैँडाकोट । पुर्वि नवलपरासीको गैँडाकोटमा स्कुटरको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ । गैँडाकोट नगरपालिका वडा नं. १७ अमरापुरीमा स्कुटरको ठक्करबाट ७० वर्षका मोहन बहादुर क्षेत्रीको मृत्यु भएको हो । भित्री सडकखण्डमा दक्षिणबाट उत्तर जाादै गरेको बा.प्र.०३००३ प ७०६३ नम्बरको स्कुटरले पैदल यात्री क्षेत्रीलाई ठक्कर दिँदा उनको ज्यान गएको प्रहरीले जनाएको छ ।दुर्घटनामा परि स्कुटर चालक ५० वर्षका कलाधर सापकोटा र उनकी श्रीमती नन्दकली सापकोटा गम्भिर घाइते भएका छन् ।

अन्तर बिद्यालय नृत्य प्रतियोगितामा कन्टिनेन्टल स्कुल प्रथम

अन्तर बिद्यालय नृत्य प्रतियोगितामा कन्टिनेन्टल स्कुल प्रथम
गैंडाकोट। गैंडाकोटमा अन्तर बिद्यालय नृत्य प्रतियोगिता सम्पन्न भएको छ । आईतबार नगरका निजी तथा आवासिय बिद्यालयहरुबीच गएिको प्रतिस्पर्धात्मक नृत्य प्रतियोगितामा कन्टिनेन्टल आवासिय ईङ्लिस स्कुल प्रथम, सरस्वती निकेतन आवासिय ईङ्लिस स्कुल द्वितीय र गैडाकोट आवासिय ईङ्लिस स्कुल तृतीय भएका छन् । यसैगरि सान्त्वना पुरस्कार पाउनेमा बिजय सामुदायिक शिक्षा सदन र ज्ञानकुञ्ज आवासिय ईङ्लिस स्कुल रहेका छन । उनिहरुलाई नृत्य निर्देशकहरु सुमित लामा, राजकुमार घिमिरे र सागर विश्वकर्मा सहितको निर्ण...

मध्यविन्दुमा जेष्ठ नागरिकको घरमै पुगेर नियमित स्वास्थ्य परीक्षण

मध्यविन्दुमा जेष्ठ नागरिकको घरमै पुगेर नियमित स्वास्थ्य परीक्षण
चोरमारा । नवलपरासी पूर्वको मध्यविन्दु नगरपालिकामा जेष्ठ नागरिक स्वास्थ्य कार्यक्रम शुरुवात भएको छ । बुधबार नगरपालिकाको १५ वाटै वडामा एकसाथ जेष्ठ नागरिक स्वास्थ्य कार्यक्रमको शुभारम्भ गरिएको हो । अब नगरपालिका भित्रका ७० वर्ष पुरा भएका जेष्ठ नागरिकहरुलाई स्वास्थ्यकर्मीहरुले घरमा नै पुगेर स्वास्थ्य सेवा प्रदान गर्नेछन् । स्वास्थ्य सेवा शुभारम्भ गर्दै मध्यविन्दु नगरपालिकाका नगर प्रमुख भिमलाल अधिकारीले सुगर, प्रेसर, तापक्रम सहितका स्वास्थ्य परिक्षण सेवा स्थानीय जेष्ठ नागरिकले घ...