×

नवलपुर विशेष

औतिपुवालाई विस्थापन गरेको दहि-चिउरे सँस्कृति

औतिपुवालाई विस्थापन गरेको दहि-चिउरे सँस्कृति
सालिक राम कोइराला हामी सानो छँदा रोपाईंमा खाजा “औतिपुवा”खाने प्रचलन थियो। आहा ! आज त औतिपुवा खान पाईन्छ भनेर रोपाईंको दिन स्कुलै गईन्नथ्यो। रोपाईंको दिन आउन हप्तादिन बाँकि छँदै औंला भाँचेर बसिन्थ्यो, औतिपुवा खान पाईन्छ भनेर। खेत नजिकैको ठाँटी,चौर,बडेमानको ठुलो ढुङ्गा, आलि-कान्ला वा छहारीमा बसेर सक्नु मजाले खाजा खाईथ्यो-औतिपुवा र केराको बोंगोको अचार। औतिपुवा चामललाई झाँतामा पिसेर बनाईएको एक प्रकारको पोषिलो र स्वादिष्ट खान्कि हो। सोंप,घिउ,बेसार र रोगब्याधबाट लड्न सक्ने अन...

नारायणगढ-बुटवल सडकखण्ड सुचारु हुन दिनभर लाग्ने

नारायणगढ-बुटवल सडकखण्ड सुचारु हुन दिनभर लाग्ने
नवलपुर । नारायणगढ बुटवल सडकखण्डको अरुणखोला दुम्कीबास सडकखण्डको तीनवटा अस्थायी डाईभर्सन बाढीले बगाएपछि विहानैदेखि अवरुद्ध भएको सडक सञ्चालन गर्न कठिनाई भैहरेको छ । विहान ६ वजेदेखि अवरुद्ध भएको सडक सञ्चालनका लागि जनशक्ति सहित अत्यावश्यक सामाग्री तयारी अवस्थामा राखिएको भएपनि खहरे खोलाहरुमा पानीको सतह बढ्दै गएकोले काम सुरु गर्न कठिनाइ भैरहेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय दुम्कीबासका प्रहरी निरिक्षक राम नारायण गुप्ताले खोलाहरुमा पानीको सतह बढ्दै गएकोले काम गर्न क...

आज असार १५, राष्ट्रिय धान दिवस मनाइँदै

आज असार १५, राष्ट्रिय धान दिवस मनाइँदै
काठमाडौं । १९ औं राष्ट्रिय धान दिवस आज मनाइँदै छ । यो वर्ष ‘धान रोपौं, खाद्यान्नमा आत्मनिर्भर बनौं’ नाराका साथ राष्ट्रिय धान दिवस मनाउन लागिएको हो । दिवसको अवसरमा देशभर रोपाइँ लगायतका कार्यक्रम आयोजना गरिएको छ । वि।सं २०६१ सालमा विश्वका ४३ राष्ट्रले संयुक्त राष्ट्रसंघलाई अन्तर्राष्ट्रिय धान वर्ष घोषणा गरेपछि नेपालमा वि।सं २०६१ मंसिर २९ गतेको मन्त्रिस्तरीय निर्णय अनुसार विसं २०६२ असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन सुरु गरिएको हो । असारे भाकामा लोकदोहोरी गाउँदै, हिल...

माछा मार्ने क्रममा नारायणी नदीले एक युवालाई बगायाे, खोजीकार्य चल्दै

माछा मार्ने क्रममा नारायणी नदीले एक युवालाई बगायाे, खोजीकार्य चल्दै
चितवन । नारायणी नदीमा माछा मार्ने क्रममा एक युवा वेपत्ता भएका छन् । भरतपुर महानगरपालिका ३ नगरबन नजिक नारायणी नदीमा माछा मार्ने क्रममा बेलचोकका अन्दाजी  २० वर्षीय सुसान चौधरी वेपत्ता भएका हुन् । घटना पश्चात उनका साथिहरुले वडा प्रहरी कार्यालय नारायणगढलाई जानकारी गराएका थिए । वेपत्ताको खोजी भइरहेको प्रहरीले जनाएको छ

बेसार खेतीमा रमाउदै गैँडाकाेटका महिलाहरु

बेसार खेतीमा रमाउदै गैँडाकाेटका महिलाहरु
गैंडाकोट । गैंडाकोट नगरपालिका वडा नम्बर ५ बैकुण्ठ नगर टोल बिकास सस्था मार्फत खोलिएको सुनौलो कृषि महिला समूहले टोलमा रहेका खाली जग्गामा बेसार खेती गरेका छन् । थोरै मिहेनतमा बाँझो जग्गामा बेसार खेती गरी सदुपयोग गर्न सकिने भएपछि कृषक महिलाहरु बेसार खेतीमा यसरी जुटेका छन् । गत वर्ष देखिनै यसरी बेसार खेति शुरु गरेका उनिहरुले पहिलो वर्ष लगभग २ कठ्ठा जग्गा भाडामा लिएर गरिएको बेसार खेती बाट ३५०(तिनसय पचास) किलाे बेसार उत्पदन गर्न सफल भएका थिए । बेसार बिहान बेलुकी नेपालीको भान्स...

तनहुँमा खोलाले बगाएर डेढ बर्षिया बालिकाको मृृत्यु

तनहुँमा खोलाले बगाएर डेढ बर्षिया बालिकाको मृृत्यु
नवलपुर । तनहुुँमा खोलाले बगाएर डेढ बर्षिया बालिकाको मृृत्यु भएको छ । भानु नगरपालिका वडा नं. ७ चन्द्रवाती बस्ने रचना श्रेष्ठकी १६ महिनाकि छोरी काव्या श्रेष्ठको खोलाले बगाएर ज्यान गएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । श्रेष्ठको घर पछाडिबाट बग्ने चुदी खोलाले बगाएर मृत्युु भएको प्रहरी निरिक्षक राजकुमार विकले जानकारी दिए । खोलाले बगाएर ५०० मिटर तल लगेपछि स्थानीयहरुले बालिका काव्यालाई भेटाएका थिए । उनको उपचारका लागि दमौली अस्पताल लगिएकोमा राति १० वजे ज्यान गएको हो ।

गैँडाकोटमा तीनहजार बढी गाँजाका बोटहरु नष्ट

गैँडाकोटमा तीनहजार बढी गाँजाका बोटहरु नष्ट
गैंडाकोट । नवलपुरको गैंडाकोटमा करिब ३५ सय गाँजाका बोटहरु नष्ट गरिएको छ ।नगरपालिका वडा नम्बर २ स्थित नारायणी नदी नजिक रहेका ३५ सय गाँँजाका बोटहरु नष्ट गरिएको इलाका प्रहरी कार्यालय गैँडाकोटले जनाएको छ । करिब १ कठ्ठा जमिनमा प्राकृतिक रुपमा उम्रेका करिब ३५ सय गाँजाका बोटहरु नष्ट गरिएको ईलाका प्रहरी कार्यालय गैंडाकोटका प्रमुख, प्रहरी निरिक्षक प्रशान्त श्रेष्ठले जानकारी दिए । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत प्रहरी, नारायणी टोल विकास समिति गैडाकोट युवा क्लब तथा स्था...

युवासंघ गैँडाकोटले भन्यो : एमालेनै नगरको ‘प्रमुख शक्ति’

युवासंघ गैँडाकोटले भन्यो : एमालेनै नगरको ‘प्रमुख शक्ति’
गैँडाकोट । राष्ट्रिय युवासंघ नेपाल गैँडाकोटले बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टी नेकपा एमाले प्राविधिक रुपमा दोस्रो दल देखिएको भएपनि गैँडाकोटको प्रमुखशक्ति भएको निश्कर्ष निकालेको छ । स्थानीय तह निर्वाचनको समिक्षाका साथै आगामी रणनिति तय गर्न बसेको बैठकले नेकपा एमालेनै नगरको प्रमुख शक्ति देखिएको निश्कर्ष निकालेको राष्ट्रिय युवासंघ नेपाल गैँडाकोटका सचिव अर्जुन पराजुलीले बताए । नगरअध्यक्ष विनोद कंडेलको अध्यक्षतामा बसेको बैठकमा राष्ट्रिय युवासंघका अधिक...

नारायणीले बगाएर ल्याएको शव रुपन्देहीका उपाध्यायको भएको पुष्टि

नारायणीले बगाएर ल्याएको शव रुपन्देहीका उपाध्यायको भएको पुष्टि
चितवन।  भरतपुर महानगरपालिका–३ स्थित नारायणी नदीले बगाएर ल्याएको शव रुपन्देही जिल्ला तिलोत्तमा नगरपालिका–६ का एक पुरुषको भएको खुलेको छ ।स्थानीयको सूचनाका आधारमा चितवन प्रहरीले आज बिहान करिब ९ बजेको समयमा सो शवलाई नियन्त्रणमा लिएको हो । चितवन प्रहरीले तिलोतमा घर भई काठमाडौँको किर्तिपुर–४ बस्ने ६० वर्षीय चुडामणी उपाध्यायको शव भएको पुष्टि भएको जनाएको छ । मृतकको शवलाई पोष्टमार्टमको लागि भरतपुर अस्पतालको शव गृहमा राखिएको चितवन प्रहरीले जनाएको छ । मृतकको विषयमा थप अनुसन्धान भइरहे...