गैंडाकोट। गैंडाकोटमा अन्तर बिद्यालय नृत्य प्रतियोगिता सम्पन्न भएको छ । आईतबार नगरका निजी तथा आवासिय बिद्यालयहरुबीच गएिको प्रतिस्पर्धात्मक नृत्य प्रतियोगितामा कन्टिनेन्टल आवासिय ईङ्लिस स्कुल प्रथम, सरस्वती निकेतन आवासिय ईङ्लिस स्कुल द्वितीय र गैडाकोट आवासिय ईङ्लिस स्कुल तृतीय भएका छन् ।

यसैगरि सान्त्वना पुरस्कार पाउनेमा बिजय सामुदायिक शिक्षा सदन र ज्ञानकुञ्ज आवासिय ईङ्लिस स्कुल रहेका छन । उनिहरुलाई नृत्य निर्देशकहरु सुमित लामा, राजकुमार घिमिरे र सागर विश्वकर्मा सहितको निर्णायक मण्डलले प्रथम, द्वतीय र तृतीयमा छनौट गरेको हो ।
प्रतिस्पर्धामा प्रथम हुनेलाई नगद रु ४ हजार र मेडल, द्वितीय हुनेलाई नगद रु ३ हजार र मेडल, र तृतीय हुनेलाई नगद रु २ हजार र मेडल सहित प्रमाण पत्र प्रदान गरिएको छ ।

नगर प्याब्सनका अध्यक्ष लक्ष्मी दवाडीको अध्यक्षतामा भएको नृत्य प्रतियोगितामा सहभागिहरुलाई एलिगेन्ट मन्टेश्वरीकी प्रिन्सिपल गंगा ढकाल सापकोटाले स्वागत गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन कन्टिनेन्डल आवाशिय माध्यमिक विद्यालयका प्रिन्सिपल विनोद पौडेलले गर्नुभएको थियो ।

निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन अन्तर्गत गैंडाकोट नगर प्याब्सनले आयोजना गरेको नृत्य प्रतियोगितामा नगरका १४ वटा निजी विद्यालयहरुले सहभागिता जनाएका थिए ।

भूमीलाल पाैडेलबाट

तपाईको प्रतिक्रिया