


गैंडाकोट । नवलपुरको गैंडाकोटमा अवस्थित अक्स्फोर्ड कलेजले विद्यार्थी तथा अभिभावक हरुबिचमा अभिमुखिकरण सम्पन्न गरेको छ ।
नयाँ शैक्षिकसत्रका लागि विभिन्न बिषयगत विद्यार्थी र तिनका अभिभावक बिच गरिएको कार्यक्रममा प्रो. प्रिन्सिपल हरि भण्डारीले कलेजले उत्पादन गरेका सबै विद्यार्थी विश्व श्रम बजार र उद्यम बजारमा अब्बल सावित हुने गरेको दावी गर्दै अब विद्यार्थीले श्रम खोज्ने नभई आफै सृजना गर्नु पर्ने र सामाजिक उत्तरदायित्व समेत बहन गर्दै देशलाई योगदान दिन आग्रह गर्दै नव प्रवेशी झन्डै ३७० जना भन्दा धेरै विद्यार्थीलाई स्वागत गर्नु भएको थियो ।



त्यस्तै अक्स्फोर्ड कलेज संयोजक तिलक पन्थीले आफ्ना विद्यार्थी लाई “स्वाभिमानका साथ राष्ट्रका लागि काम गर्ने आग्रह गर्नु भयो । कलेजमा विसिए , विविए , विइ , तथा विथ कम्युटर साइन्स ,होटल म्यानेजमेन्ट लगाएत प्राविधिक विषयमा अध्यापन हुँदै आइरहेको कलेजले हालसम्म १८ वटा अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरिसकेको जानकारी दिनु भयो ।



उज्यालो खबर