नवलपुर। गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीलाई नवलपुरमा कालो झण्डा देखाइएको छ । राष्ट्रिय युवासंघ नेपालले जिल्लाको  चोरमारामा मुख्यमन्त्रीलाई कालोझन्डा देखाएको हो ।करको दायरा बढाईएको, महङ्गी र मूल्यवृद्धि नियन्त्रण गर्न नसकेको भन्दै मुख्यमन्त्री नेपालीले आफ्नै जिल्लामा कालोझन्डाको सामाना गर्नुपरेको हो ।

गठबन्धन सरकार शक्ति राष्ट्र खुसी बनाउने नाममा राष्ट्रहीत विपरितको कार्य गर्ने र प्रदेश सरकार परिवारवाद र चर्को कर लगाउने कार्यमा अग्रसर भएकोले मुख्यमन्त्रीलाई कालो झण्डा देखाएको नेकपा एमाले नवलपुर सचिवालय सदस्य बाबुराम पाण्डेले बताए।
मुख्यमन्त्रीबिरुद्ध अनेरास्ववियू केन्द्रीय सदस्य कृष्ण गैह्रे, एमाले जिल्ला कमिटी सदस्य एनपी पोखरेल, युवा संघका हिमालसिंह ठकुरीलगायतले नाराबाजीसमेत गरेका गरेका थिए।

तपाईको प्रतिक्रिया