गैँडाकोट । नवलपुरको गैँडाकोट नगरपालिका वडा न १ मा रहेको कखरा मन्टेश्वरीमा श्री कृष्ण जन्माष्टमीको अवसर पारेर विभिन्न कार्यक्रमहरु सम्पन्न गरिएको छ ।विहिबार विद्यालयको पाङग्रणमा आयोजित श्रीकृष्ण जन्माष्टमी विशेष कार्यक्रममा ६० जना विद्यार्थीहरुले राधा र कृष्णको स्वरुप धारण गरेका थिए ।
भगवानको स्वरुपमा उपस्थित विद्यार्थीहरु मध्ये कोहिले हातमा बाँसुरी लिएका थिए कोहि चिटिक्क परेर राधाको पोशाकमा सजिएका विद्यालयका प्रवन्ध निर्देशक गणेश अधिकारीले जानकारी दिनुभयो ।कार्यक्रमहरुको विचविचमा विभीन्न खाले भगवान कुष्णसँग सम्बन्धित लोकभजन प्रस्तुत गरिएको थियो ।
सो अवसरमा बोल्दै विद्यालयकी प्राचार्य गायत्री ढकालले श्रीकृष्ण जन्माष्टमी भनेको के हो ?यो के कारणले मनाइन्छ ? भगवान श्रीकृष्णको जन्म कहिले भएको थियो ? भगवान श्रीकृष्णले आफ्नो बाल्यकाल कसरी बिताएका थिए जस्ता भगवान श्रीकृष्णसँग सम्बन्धीत विभिन्न जानकारी प्रदान गर्नुभएको थियो ।
श्रीकृष्ण विशेष कार्यक्रममा राधा कृष्णको जोडी मिलाएर सबै विद्यार्थीहरुलाई नृत्य गराउनुका साथै तस्विर समेत लिइएको थियो । सो अवसरमा सत्ययुगमा भगवान श्री कृष्णले घैटोबाट दही चोरेर खाएको नक्कल गर्दै विद्यार्थीहरुले कृष्ण लिला देखाएका थिए ।