×

नवलपुर । २८ औँ अन्तराष्ट्रिय आदिवासी जनजाती दिवशको अवसरमा नवलपुरका ६वटा स्थानीय तहले सार्वजनिक विदा दिएका छन् । गैँडाकाेट नगरपािलका देवचुली नगरपालिका र कावासाेती नगरपालिका, मध्यविन्दु नगरपालिका तथा  हुप्सेकाेट गाउपालिका तथा बुलिङटार गाउपालिकाले सार्वजनिक विदा दिएका हुन् ।

कावासाेती नगरपालिका प्रमुख प्रशाासकीय अधिकृत राकेश गुरुङद्धारा जारी सूचनामा नगरपालिका अन्तरर्गतका सबै सरकारी कार्यालय, शैक्षिक संस्था तथा सार्वजनिक संस्थाहरुमा विदा दिने कुरा उल्लेख छ ।

त्यसैगरी देवचुली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन प्रसाद मरासीनीद्धारा जारी सूचनामा नगरपालिका अन्तरर्गतका सबै सरकारी कार्यालय, शैक्षिक संस्था तथा सार्वजनिक संस्थाहरुमा विदा दिने कुरा उल्लेख  गरिएकाे छ ।

यता गैँडाकाेट नगरपालिकाले पनि २८ औँ अन्तराष्ट्रिय आदिवासी जनजाती दिवशको अवसरमा सार्वजनिक  विदा दिने भएकाे छ  । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम रिजालले नगरपालिका अन्तरर्गतका सबै सरकारी कार्यालय, शैक्षिक संस्था तथा सार्वजनिक संस्थाहरुमा विदा दिने निर्णय भएकाे जानकारी दिनुभयाे ।

त्यसैगरी जिल्लाका मध्यविन्दु नगरपालिका र हुप्सेकाेट गाउपालिका तथा बुलिङटार गाउपालिकाले पनि आज सार्वजनिक विदा दिएका छन् ।

तपाईको प्रतिक्रिया