नवलपुर । गृह मन्त्रालयको कार्यसम्पादन मूल्यांकनमा जिल्ला प्रशासन कार्यालय नवलपुर सर्बोत्कृष्ट जिल्ला भित्र पर्न सफल भएको छ ।मूल्यांकन समितिका संयोजक एवम् मन्त्रालयको मूल्यांकन महाशाखाका प्रमुख भीष्मकुमार भुसाल र प्रशासन महाशाखाका प्रमुख टेकबहादुर केसीले बुझाएको प्रतिवेदनअनुसार नवलपुर सर्बोत्त्कृष्ट जिल्ला भित्र पर्न सफल भएको हो ।

नवलपुरले ९६.७५ प्रतिशत अंक प्राप्त गरेको छ । नवलपुर देशमै कार्यसम्पादनमा देशकै तेस्रो जिल्लामा पर्न सफल भएको छ । मन्त्रालयका अनुसार जिल्ला प्रशासन कार्यालय गुल्मी यसपटक ९७.७५ प्रतिशत अंक प्राप्त गरी पहिलो भएको हो ।सोही प्रतिवेदनअनुसार अर्घाखाँची ९७ प्रतिशतसहित दोस्रो स्थानमा रहेको छ ।

समितिकाअनुसार शान्ति सुरक्षा, अपराध नियन्त्रण, सुशासन र सेवा प्रवाह, लागूऔषध नियन्त्रण, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन, मुआब्जा वितरण र विकास निर्माणमा समन्वय तथा आर्थिक प्रशासनसमेत गरी ६८ वटा परिसूचकहरूमा मुल्यांकन गरी प्रतिवेदन तयार गरिएको छ ।

तपाईको प्रतिक्रिया