नवलपुर । नेपाली काँग्रेस नवलपुरले विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालको प्रयोग गरि पार्टिका नेता कार्यकर्ताहरुको नाम उल्लेख गरेर गलत टिकाटिप्पणी, स्टाटस तथा गलत खालका टिप्पणी लेख्ने गरिएको प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

काँग्रेस नवलपुरले यस्ता गतिविधीहरु तत्काल बन्द गर्न आग्रह गर्दै त्यसो नभएको पाइए अनुुशासनको कारबाही गर्ने चेतावनी दिएको छ । जिल्ला सचिव होमराज रानाभाटद्धारा जारी विज्ञेप्तिमा पार्टिका कार्यकर्ता हुँ भन्ने तर पार्टि हितविपरितका कुराहरु लेख्दै र बोल्दै हिड्नु जायज नहुने बताइएको छ ।

सरकारले मंसिर ४ गतेका लागि चुनावको मिति तय गरेपछि नवलपुरका काँग्रेस नेताहरुले आफ्नो उमेदवारी घोषणा गर्ने क्रम देखिएपछि त्यसलाई रोक्न सजग गराएको हो ।

तपाईको प्रतिक्रिया