गैँडाकोट । नवलपुरको गैँडाकोटमा रहेको अक्सफोर्ड सकेन्डरी स्कुलबाट एसईई दिएका विद्यार्थीहरुले गैँडाकोट नगरीमै उत्कृष्ट नतिजा ल्याउन सफल भएका छन् । विद्यालयका मेधावी छात्र शिशिर सापकोटाले ३.९५ जीपीए ल्याएका छन् भने शिशिर लम्साल , दिपसन श्रेष्ठ र कृतक पराजुलीले ३.९ जीपीए ल्याएका छन् ।

बुधबार प्रकाशित नतिजाअनुसार परीक्षा दिएका २९ जना विद्यार्थीहरुमध्ये ६जना विद्यार्थीको ‘ए प्लस’ , ५ जना विद्यार्थीको ‘ए’ , ९ जना विद्यार्थीकोे ‘बी प्लस’ , र ८ जना विद्यार्थीको ‘बी’ आएको अक्सफोर्ड सेकेन्डरी स्कुलका माध्यमिक तह संयोजक एवं नेपाली विषयका शिक्षक कमलप्रसाद वाग्लेले बताउनुभयो ।

संस्थागत विद्यालयहरुमा अध्ययन गर्ने विद्यार्थीहरु नेपाली विषयमा कमजोर हुन्छन् भन्ने कुरालाई अक्सफोर्डका विद्यार्थीहरुले गलत सावित गर्दै ५ जना विद्यार्थीले नेपाली विषयमा ‘ए प्लस’ ल्याउन सफल भएका छन् भने १५ जना विद्यार्थीहरुले ‘ए’ ल्याउन सफल भएका छन् । नेपाली विषयको यो नतिजा जिल्लाकै उत्कृष्ट रहेको पनि उहाँले दाबी गर्नुभयो ।

तपाईको प्रतिक्रिया