गैँडाकोट । नवलपुरको देवचुलीमा बस र ट्रक एक आपसमा ठक्करखाँदा ६ जना घाइते भएका छन् । पूर्वबाट पश्चिम जाँदै गरेको ना ४ ख ७९२८ नम्बरको बस र सोहि दिशातर्फ जाँदै गरेको ना ६ ख ९२०२ नम्बरको ट्रक एक आपसमा ठक्करखाँदा बसमा सवार ६ जना घाइते भएको प्रहरीले जनाएको छ ।
दिउसो सवा ३ बजे भएको दुर्घटनाका घाइतेहरुलाइ उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र दुम्कौली पठाइएको छ । घाइते ६ जना मध्ये बसका ४ जना यात्रु र ट्रकका चालक र सहचालक रहेका छन् । गुडीरहेको ट्रकको टायर पंचर हुन पुग्दा दुर्घटना भएको हो ।



उज्यालो खबर

