नवलपुर । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई कोरोना संक्रमण भएको छ । मंगलबार पिसिआर परीक्षण गराउँदा उहाँमा कोरोना पुष्टी भएको हो ।उहाँलाई आाइतबारदेखि सामान्य रुघा लागेकामा सोमबार बिहानबाट हल्का ज्वरो आएको थियो । सोमबार नै उहाँले चिकित्सकसँग परामर्श लिनुभएकोमा मंगलबार बिहान स्वाब संकलन गरिएको थियो ।

मंगलबार साँझपख मात्र परीक्षणको रिपोर्ट आएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।चिकित्सकका अनुसार उहाँलाई अहिले हल्का ज्वरो आए पनि अक्सिजनको मात्रा र छातीको अवस्था सामान्य छ । बुधबार बिहान उहाँको थप स्वास्थ्य परीक्षण गरिने भएको छ । हाल उहाँ पोखरास्थित सरकारी निवासमै आराम गरिरहनुभएको छ ।

तपाईको प्रतिक्रिया