गैँडाकोट । राष्ट्रिय युवासंघ नेपाल गैँडाकोटले बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टी नेकपा एमाले प्राविधिक रुपमा दोस्रो दल देखिएको भएपनि गैँडाकोटको प्रमुखशक्ति भएको निश्कर्ष निकालेको छ ।

स्थानीय तह निर्वाचनको समिक्षाका साथै आगामी रणनिति तय गर्न बसेको बैठकले नेकपा एमालेनै नगरको प्रमुख शक्ति देखिएको निश्कर्ष निकालेको राष्ट्रिय युवासंघ नेपाल गैँडाकोटका सचिव अर्जुन पराजुलीले बताए ।

नगरअध्यक्ष विनोद कंडेलको अध्यक्षतामा बसेको बैठकमा राष्ट्रिय युवासंघका अधिकांस सदस्यहरुले नगरमा जितको अपेक्षा गरिएका केहि वडाहरुमा अपेक्षाकृत नजिता नआउनुको पछाडि अन्तरघात भएको समेत बताएका थिए ।बैठकले साउनको पाहिलो सातामा गैँडाकोटमा मदन भण्डारी स्पोर्टस एकेडेमी गठन गर्ने समेत निर्णय गरेको छ ।

तपाईको प्रतिक्रिया